शैक्षिक सत्र सुरु भएको आधा समय बित्दा पनि पाठ्यपुस्तक अभाव
शैक्षिक वर्षशुरु भएको पाँच महिना बितिसक्दा सम्म पनि बाजुराका विद्यार्थीहरूले पाठ्यपुस्तक पाएका छैनन् ।
बाजुरामा पाठ्यपुस्तकको समस्या वर्षेनी हुँदै आएको छ । तर, यो वर्ष बाजुराका विद्यालयले जिल्ला शिक्षा कार्यलयमा पाठ्यपुस्तक पाइसकेको वील बुझाएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । विद्यार्थीहरूले भने पाठ्यपुस्तक नपुगेको प्रतिक्रिया दिएका छन् ।
केाल्टी स्थित जनप्रकाश उमाविमा कक्षा-८ मा १ सय १० जना विद्यार्थी मध्ये ४० जनाले मात्र पाठ्यपुस्तक पाएको र अन्य विद्यार्थीहरूले 'फोटोकपी'बाट पढ्ने गरेको सन्तोषी रोकायाले बताइन । कक्षा ६ मा ८२ जना मध्ये ६० जनाले मात्र पाठ्यपुस्तक पाएको विद्यार्थीहरूले बताए ।
त्यस्तै सत्यवादी मावि पाण्डुसैनमा कक्षा १० मा १ सय १० जना विद्यार्थी मध्ये ६० जनाले मात्र पाठ्यपुस्तक पाएको विद्यार्थी मानबहादुर गुरुङले बताए ।
पदम सिंह
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…