शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो
शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि जिल्ला सदरमुकाम खलङ्गा बजारमा अवस्थित चन्दननाथ गुरुकुल पाठशालामा पाठ्यपुस्तकको अभाव रहेको विद्यार्थीहरूले गुनसो गरेका छन् । जुम्लालगायत कर्णाली अञ्चलमा फागुनदेखि शैक्षिक सत्र सुरु हुने गर्दछ ।
विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थीहरू वञ्चित भएको सो विद्यालयका प्रद्यानाध्यापक विश्वराज उपाध्यायले बताए । उनले भने-'पाठ्यपुस्तक अभावका कारण विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउन सकिएको छैन । विद्यालयमा अध्ययनरत ३९ जना विद्यार्थी मध्ये १५ जनालाई मात्र पुस्तक वितरण गरेको छौं ।'
अपुग पाठ्यपुस्तकका लागि ०७३ वैशाखमा जिल्ला शिक्षा कार्यालयमा माग गरिएको भएपनि अहिलेसम्म विद्यार्थीको हातमा पुस्तक नआएको प्रद्यानाध्यापक उपाध्यायले बताए । दुई कक्षासम्म अध्यापन हुने पूर्व प्रावि चन्दननाथ गुरुकुल पाठशाला ०६९ सालमा स्थापना भएको हो । उक्त विद्यालयलाई ०७२ असारदेखि जिल्ला शिक्षा कार्यालय, जुम्लाले स्वीकृत दिएको विद्यालय प्रशासनले जनाएको छ ।
अघिल्लो वर्षमा पाठाशाला सञ्चालनका लागि १ लाख ३८ हजार बजेट विनियोजन गरिएकोमा यस आर्थिक वर्ष०७३/०७४ मा १ लाख ६४ हजार रुपियाँ विनियोजन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद उपाध्यायले बताए ।
जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले पाठ्यपुस्तक जिल्ला शिक्षा कार्यालयमा आइसकेको बताए । दसैँ विदा भएका कारणले तत्काल वितरण गर्न नसकिएको बताउँदै फडेराले विद्यालय सञ्चालन हुने वित्तिकै वितरण गरिने बताए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…