शैक्षिक सत्र सकिनै लाग्दा समेत पाठ्यपुस्तक नपुग्दा पढाई प्रभावित
शैक्षिक सत्र ०७९ सकिनैलाग्दा समेत जिल्लाका अधिकांश विद्यालयहरुमा सबै विषयका पाठ्यपुस्तक नपुग्दा पढाई प्रभावित बनेको छ ।
शैक्षिक सत्रको अन्तिम महिनामा विद्यार्थीहरु वार्षिक परीक्षाको तयारीमा रहदा समेत यहाँका विद्यालयहरुमा सबै विषयका पाठ्यपुस्तक पुग्न नसकेको शिक्षा समन्वय इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘यो देशभरीको समस्या हो जस्तो लाग्दछ । समयमा पाठ्यपुस्तक पुग्दैन । केही विषयको पुस्तक नपुग्दा पुरानो पुस्तकले काम चलाउन भनेका छौँ । हामीले माथिल्लो निकायमा सोध्दा पुस्तक छाप्नै ढीलाई भयो भन्ने खबर आउछ ।’
जिल्लास्थित सबै विद्यालयहरुमा समयमा पाठ्यपुस्तक नपुग्ने समस्या विगतका वर्षहरुको जस्तै रहेको सिगास माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यार्थीहरुलाई पुरानो पुस्तक साथीबाट मागेर पढ्न भनेका हुन्छौँ । कतिपय पाना पुराना विद्यार्थीहरुले च्यातिसकेका हुन्छन् । यसले गर्दा पठनपाठनमा समस्या उत्पन्न हुँदै आएको छ ।’
पाठ्यपुस्तक मात्रै नभई जिल्लामा गणीत, अंग्रेजी र विज्ञान विषयका विषयगत शिक्षकको समेत अभाव हुँदा यस क्षेत्रका बालबालिकाको पढाई प्रभावित बन्ने गरेको शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीका सूचना अधिकारी पुष्करराज शार्माले बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…