शैक्षिकसत्र सकिनै लाग्यो, विद्यालयमा पाठ्यपुस्तक छैन !
आर्थिक वर्ष सकिनै लाग्दा समेत रोल्पाका विद्यालयहरूमा अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।
थवाङ गाउँपालिका, सुनिल स्मृति गाउँपालिका र सदरमुकाम स्थित बालकल्याण नमुना माध्यमिक विद्यालयलगायत जिल्लाभर नै अङ्ग्रेजी माध्यमका पाठ्पुस्तक नपुग्दा विद्यार्थीहरू समस्यामा परेका छन् ।
थवाङ गाउपालिकामा रहेको विर बलभद्र माध्यमिक विद्यालयमा १ कक्षादेखि १२ कक्षासम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।
विद्यालमा समयमै किताव नपुग्दा निजी कम्पनीका किताव किनेर पढ्नु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कुलबहादुर वलीले बताउनु भएको छ ।
निज कम्पनीका किताव किनेर पढ्ने बाध्यताका कारण अविभावकहरू समस्यामा परेको प्रधानाध्यापक वलीको भनाइ रहेको छ ।
कक्षा १ देखि ३ सम्मका गणित, विज्ञान, सामाजिक र स्वास्थ्यलगायतका कितावहरु प्राप्त हुन नसकेको अभिभावकहरूको गुनासो छ ।
यस्तै सुनिलस्मृति गाउँपालिकामा पनि गणित बाहेकका अङ्ग्रेजी भाषा विषयको पाठ्यपुस्तक नआएको सुर्योदय माध्यमिक विद्यालय सुलिचौरका प्रधानाध्यापक बेगम कुँवरले बताउनु भयो ।
समयमै किताव नआउँदा समस्या भएको बालकल्याण नमुना माध्यमिक विद्यालय लिवाङमा अध्यनरत विद्यार्थी चेतन बुढा मगरले गुनासो गर्नु भयो ।
समयमै किताव नपाउँदा परीक्षाको तयारीमा असर पुग्ने बालकल्याण नमुना माध्यमिक विद्यालयमा अध्यनरत मानसिंह घर्तीले बताउनु भयो ।
सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरको कुसुम पुस्तक तथा स्टेशनरीका अनुसार कक्षा १ देखि ३ सम्मका अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक नेपाल सरकारले नै नछापेका कारण विद्यालयसम्म पु¥याउन नसकिएको हो ।
लामो समयसम्म पनि पाठ्यपुस्तक नआएपछि कतिपय विद्यालयहरुमा निजी कम्पनीका किताव किनेर पढाइ सुरू भएको र कतिपय विद्यालयहरूमा अझै किताव नपुगेको कुसुम पुस्तक तथा स्टेशनरीका सञ्चालक दान केसीले बताउनु भयो ।
५ सय रुपियाँसम्म पर्ने सरकारी किताव नजिी कम्पनीले २ हजार रुपियाँ लिने गरेका छन् ।
तिलक घर्ती मगर
सम्बन्धित समाचारहरू
बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीलाई सास्ती
बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीले सास्ती व्यहोर्नु परेको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल एस बी आई बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेकाे छ । जिल्ला…
डेंगु रोगका बिरामी बढ्दै, अस्पतालमा ४० प्रतिशत भन्दा बढी डेंगुका बिरामी
पछिललो समय रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । रुपन्देहीका विभिन्न अस्पतालहरूमा ४० प्रतिशत भन्दा बढी डेंगु रोगका बिरामी रहेको र सचेतना कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको जिल्ला…
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…