यौन दुर्व्यवहार घटनाका आरोपित शुभम् फाउण्डेशनका सञ्चालक मदन राई गिरफ्तार

  ०८० वैशाख २९ गते

शुभम् फाउण्डेशनमा रहेका बालबालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा साकेला गाउँपालिका–२ रतन्छाका ७५ वर्षीय मदन राईलाई प्रहरीले अनुसन्धानका लागि वैशाख २९ गते गिरफ्तार गरेको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक मदन राईलाई बाल यौन दुर्व्यवहार आरोपमा अनुसन्धानका लागि फाउण्डेशनबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जील मुकारूङले बताउनु भयो ।

राईले बालबालिकलाई यौन दुर्व्यवहार गरेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भएकाले अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी मुकारूङको भनाइ छ ।

यौन दुर्व्यवहारमा मदन राईलाई कारबाही गर्न माग


तारानाथ फुयल