शुद्ध खानेपानी उपभोगबाट वञ्चित रहेको स्थानीयको गुनासो
संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हक हुनेछ भनेर स्पष्ट व्यावस्था गरिएको भएपनि के आइ सिह गाउँपालिका–५ बुहारका २ सय बढी घरपरिवार वर्षौदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएका छन ।
प्रत्येक वर्षको चैत महिनादेखि असारसम्म पिउने पानीको अभाव रहदै आएको भएपनि गत वर्ष कात्तिक महिनामा आएको अविरल वर्षाका कारण खानेपानीको मुहानमा क्षति पुगेपछि यस वर्ष कात्तिक महिनादेखि नै खानेपानीको समस्या उत्पन्न भएको स्थानीय कृष्णबहादुर रावलले दुखेसो पोख्नु भयो ।
घरको धारामा पानी आउन बन्द भएपछि करीब एक घण्टा हिडेर खोला, इनार र कुवाबाट पानी ल्याएर खानु परेको स्थानीय भगवतीदेवि रावलले गुनासो गर्नु भयो ।
खेतीपाती लगाउनु पर्ने समयमा पानीकै लागि घण्टौ समय बिताउनु पर्ने अवस्था रहेको भएपनि सम्बन्धित सरोकारवालाहरुको ध्यायन जान नसकेको उहाँको भनाइ रहेको छ ।
स्थानीय कलावती नेपालीले आफूहरुले बिहान ४ बजेदेखि नै पानीका लागि घरबाट निस्कनु पर्ने र लुगा धुनका लागि दुइ घण्टाको दुरीमा रहेको ठुला खोला पुग्नु परेको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘रातिको समयमा आवातजावात गर्न डर लाग्छ । जंगली जनावारहरुको आक्रमण हुने खतरा छ । तर, पानीका लागि ज्यान जोखीममा राख्नु पर्ने अवस्था छ ।’
बुहार खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत रावलले कुजेडा घट्टे खोलामा रहेको मुहानमा गत कात्तिक महिनामा आएको अविरल वर्षाले क्षति पुर्याएपछि मर्मत भइरहेकाले खानेपानीको समस्या उत्पन्न भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘मुहानमा नयाँ इन्टेक बन्दै गरेको छ । ठाउँठाउँमा धाराहरुको मर्मत भइरहेको छ । समस्या समाधान गर्न निरन्तर रुपमा कार्य भइरहेको छ ।’
बृहत खानेपानी योजना सम्पन्न गर्न आर्थिक वर्ष ०७९ / ०८० को बजेटमा केन्द्र सरकारबाट २ करोड रुपियाँ योजना पास भइसकेकोले आगामी दिनमा खानेपानीको समस्याबाट स्थानीयले सास्ती व्यहोर्नु नपर्ने के आइ सिह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…