शिलन्याश भएको तीन वर्ष भए पनि अझै बनेन स्थानीय अस्पताल
अस्पताल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा आमाछोदिङ र उत्तरगया गाउँपालिकामा स्थानीय अस्पताल निर्माण हुन सकेन ।
०७७ सालमा मङ्सिर १५ गते देशभर ३ सउ ९६ ओटा अस्पतालको शिलान्यास भयो । बागमती प्रदेशभरका स्थानीय तहमा अस्पताल शिलान्यास भएका मध्ये जिल्लाका दुई ओटा गाउँपालिकामा जग्गा प्राप्तिको प्रक्रियामा समस्या भएकोले अस्पताल निर्माण हुन नसकेको हो ।
सरकारले स्थानीय तहमा अस्पताल निर्माण गर्ने भने पनि अस्पताल निर्माण हुन नसक्दा स्वास्थ्य सेवा लिनका लागि राजधानीसम्म धाउन बाध्य छन् ।
उत्तरगया गाउँपालिकामा भने अस्पतालका लागि हालसम्म जग्गा प्राप्त हुन सकेको छैन । तीन वर्ष अघिदेखि गाउँपालिका अस्पतालका लागि सार्वजनिक जग्गा प्राप्तिका लागि सङघीय सरकारमा अनुरोध गरे पनि अनुमति प्राप्त नभएपछि अस्पताल निर्माण हुन नसकेको हो । अस्पताल निर्माण हुन नसक्दा स्थानीले स्वास्थ्य उपचार सेवाका लागि काठमाडौं धाउन बाध्य हुनु परेको स्थानीय ओम आचार्यले बताउनुभयो ।
उत्तरगया गाउँपालिका–५ खाल्टेमा हाल गाउँपालिका रहेकै सार्वजनिक जग्गामा अस्पताल तथा गाउँपालिका भवन निर्माण गर्न खोजेपनि जग्गा प्राप्ती हुन नसकेको हो । त्रिशूली नदिको जाखिममा रहेको कारण त्यहाँ भवन निर्माण नगर्न भूगर्भविद्ले अनुरोध गरेका छन् । पहिलो कार्यकालमा स्थानीय सरकारले सहजिकरण गरे पनि जग्गा अस्पताल र गाउँपालिका भवन निर्माणका लागि प्राप्त हुन सकेको थिएन ।
उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गरुङले भन्नुभयो ‘खाल्टे र पैरेमा प्रसस्त सार्वजनिक जग्गा रहेको छ । तीन पटक लिखित रूपमा अनुरोध गरियो हालसम्म जग्गा प्राप्ती हुन सकेन’ जग्गा प्राप्ती नभएपछि उत्तरगया गाउँपालिकामा अस्पताल निर्माण हुन सकेको छैन ।
आमाछोदिङमो गाउँपालिकामा स्थानीय अस्पताल निर्माण गर्न छलफल गरेर डिपीआर तयार गरी गोल्जुङ गाउँमा निर्माण गर्ने योजनामा छ अब चाँढै टेण्डर आब्हान गरिने स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताङले बताउनुभयो ।
आमाछादिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका लामाले भन्नुभयो ‘समयमै निर्माण सम्पन्न गराउन सके राम्रो हुन्छ ।’ समयमै अस्पताल नबन्दा सामान्य विरामी हुँदा पनि यहाँका विरामीलाई काठमाण्डौं रिफर गर्नु पर्ने अवस्था कायमै रहेको छ ।
नौकुण्ड गाउँपालिकामा बिरामी हुँदा वर्षतको समयमा चार घण्टा बढि डोकोमा बोकेर बिरामीलाई कालिका गाउँपालिकाको जिवजिवे ग्रागीण अस्पताल लैजानु पर्ने बाध्यता छ । स्थानीय नुर्पु नेकोरले भन्नुभयो ‘समयमै अस्पताल भवन बनेको भए नागरिकले घर नजिकै स्वास्थ्य सेवा पाउने थिए ।’
नेपालको संबिधान २०७२ मा नागरिकको मौलिक हकमा स्वास्थ्यको अधिकार प्रदान गर्ने भनिएपनि त्यसको व्यवहारमा कार्यन्वयन हुन सकेको छैन । अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा नागरिकलाइ स्वास्थ्य उपचार सेवा पाउन टाढा जानुपर्ने बाध्यता रहेको आमाछोदिङमो गाउँपालिका–३ का दुकर लामाले भन्नुभयो । उहाँले भन्नुभयो ‘जुन व्यवबस्था आएपनि घोषण, उद्घाटन र कुरा मात्र भो काम हुन सकेन ।’
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…