शितसँगै आँसुले ओभानो छैन भूकम्प पीडितको शरीर !

  ०८१ माघ २७ गते

लामो समय पानी नपरेपछि कठ्याङ्गिदो जाडोमा आवासविहिन भूकम्प पीडित शितसँगै आसुले भिज्ने गरेका छन् । जस्तापाताको छानो काठले बारेको अस्थायी टहरामा रुकुम पश्चिमका भूकम्प पीडित हिउँदको चिसोमा काप्दै शितको थोपा पिएर बस्नु परेको छ ।

Photo09022025Rukum

दुई हिउँदको चिसो वैशाख जेठको गर्मीमा टहरामुनी कहिले पसिना र कहिले शितले बस्न नसक्ने अवस्था भएपनी बाध्यताले बस्नु परेको छ । यतीबेला पनी सरकारले पुननिर्माणको कामलाई अघि नढाउँदा चिसो मौसममा दिनरात बिताएका छन् । टिनको छानाबाट बगेको शितसँगै आँखाबाट आसु चुहाउन बाध्य भएको छन् ।

आठबीसकोट नगरपालिका-९ का हरिप्रसाद रिजालले भूकम्प जानुभन्दा एक वर्ष अघि बनाएको घर भूकम्पले बस्न नमिल्ने बनाएपछि टिनको छानाको बसाईँ छानाबाट झरेको शितले शरीर भिजाउने गरेको बताउनु भयो । साहुबाट कर्जा लिएर बनाएको घर बस्न नमिल्ने भएपछि टिनबाट झरेको शितले कपडा आँखा भरी आँसु हुने गरेको बताउनु भयो । चिसोले विहान आँखा सुन्निने सिरक भिजेर मध्यरातमा जाडो लागेपछि जाग्राम बस्नु पर्ने बाध्यता भएको बताउनु भयो ।

आठबीसकोट नगरपालिका १४ का शम्भुप्रसाद शर्माले भूकम्पका कारणले घर चर्किएर बस्ने नमिल्ने भएपछि टहरामुनीको बसाई चिसो नघटेपछि ज्यान जोगाउन मुश्किल भएको बताउनु भयो । चिसोले सताउन थालेपछि जाडो भएपछि ओछयानबाट उठेर आगो तापेर बस्नु परेको छ । भूकम्पले घर भत्किएपछि बिचल्लीमा परेका नागरिकले पोषणयुक्त खाना सुरक्षित आवास नपाउँदा बिरामी पर्न थालेका छन् । गाउँमा औषधी उपचार नहुँदा कर्जा लिएर बाहिर जानु परेको बताउनु भयो ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी गर्भवती, दिर्घरोगीलाई चिसोबाट बचाउन मुश्किल भएको छ । बाहिर आगो बाल्न नमिल्ने भएपछि चर्र्किएकै घरमा डर त्रास मान्दै जाग्राम गरी छिमेकीले बिताउने गरेका छन् । आठबीसकोट नगरपालिका-१४ का हुकुमबहादुर पुनले टहराको बसाई माघ अन्तिमसम्म चिसो बढ्दै गएकाले जोखिम भएको बताउनु भयो । टहराको बसाई शितले भूकम्प पीडितका आँसु रोकिएका छैनन् ।

भूकम्प गएको करिव १६ महिना बित्न थालेपनि सरकारले अस्थायी आवास निर्माणको दोस्रो किस्ता पाउन नसकेको गुनासो गर्नुभयो । गतवर्ष कात्तिक २७ गतेको भूकम्पका कारण रुकुम पश्चिममा ३४ हजार ९ सय ९७ घर क्षतिग्रस्त भएका थिए । पुननिर्माणले गति नलिदाँ अझै अस्थायी आवासमै ज्येष्ठ नागरिक सुत्केरी महिला, बालबालिका दिर्घरोगी आर्थिक अवस्था कमजोर भएका व्यक्ति टहराबाट छिटै न्यानो आवासमा व्यवस्थापन गरिदिन पर्खि बसेका छन् ।


बासुदेव शर्मा