शिक्षिकाको कुटपिटबाट विद्यार्थी घाइते
व्यास नगरपालिका–१ गल्बुवेसीमा रहेको ज्ञानगंगा इङ्लिस बोर्डिङमा कक्षा ४ मा अध्ययनरत ९ वर्षीया छात्रालाई सोही विद्यालयकी शिक्षिका सोविता थापाले कुटपिट गरि घाइते भएको पीडित छात्राको अभिभावकले बताउनुभएको छ ।
पीडित छात्रालाई ०८० भदौ २५ गते साँझ ट्युसनको समयमा शिक्षिका थापाले कुटपिट गर्दा बालिकाको टाउकोमा चोट लागेको थियो । बालिकालाई तत्कालै दमौली अस्पतालमा ल्याएर उपचार गरिएको बालिकाका बुवाले बताउनु भयो ।
यसबारेमा विद्यालयका प्रधानाध्यापक ऋषि केसीले उक्त घटना विद्यालयको पढाई सकिएपछि ट्युसनको समयमा भएको हुँदा के भएको हो भन्ने बारेमा आफुले बुझ्न बाँकी रहेको बताउनु भयो । उहाँले घटनाको छानविन पश्चात दोषीलाई विद्यालयको तर्फबाट कारबाही गरिने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…