शिक्षा स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन गर्नुपर्नेमा जोड
कास्की क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन नगरेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग आबद्ध मानव अधिकार निगरानी समूह, अन्नपूर्ण गाँउपालिकाले पुस २१ गते लुम्लेमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यको नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले सेवा प्रदायक निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गर्दै राज्यको नीति तथा कार्यक्रम कार्यान्वयनको लागि सम्पूर्ण नागरिक एक भएर लाग्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा अन्नपूर्ण गाँउपालिकाका उपाध्यक्ष सगुन गुरूङले स्थानीय सरकारले जनतालाई परिवर्तनको अनूभुति हुने गरी काम गरेर देखाउन चाहेको उल्लेख गर्दै त्यसको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् ।
इन्सेक पोखराका संयोजक शिव खकुरेलले सेवाप्रदायक निकायहरूलाई जिम्मेवार बन्न दबाव सृजना गर्दै स्थानीय जनताले भोग्नु परेका समस्याहरूको समाधानमा सहयोग पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
सो कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल गरिएको थियो ।
इन्सेक क्षेत्रीय कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…
थाइरोड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको एक मात्र सरकारी अस्पताल लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक…
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट
पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते…
महिला विरुद्धको सबै प्रकारका विभेद अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सुनुवाइ प्रारम्भ
महिला विरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी संयुक्त राष्टसङ्घीय समितिको ९० औँ सेसनमा महिलाविरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सातौँ आवधिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…