शिक्षा कार्यालय र विद्यालयहरूमा तोडफोड, प्रिन्सिपललाई मोसो दलेर दुर्व्यवहार
विद्यार्थी सङ्गठनले लगाएको ताला ताडेको भन्दै विद्यार्थीहरूले जिल्ला शिक्षा कार्यालय र निजी विद्यालयहरू क्रिसेन्ट सिटी स्कूल, एलायन्स इन्टरनेशनल स्कूल र क्यास्पियन एकेडेमीमा तोडफोड गरेका छन् । तोडफोडका कारण शिक्षा कार्यालयका कम्प्युटर र प्रिन्टरमा क्षति पुगेको जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले बताए ।
निजी विद्यालयहरूले नियम विपरीत शुल्क बढाएको आरोपमा बढाएको शुल्क फिर्ता हुनुपर्ने माग गर्दै सयुंक्त विद्यार्थी सङ्गठनले वैशाख १३ गतेदेखि जिल्ला शिक्षा कार्यालय, प्याव्सन तथा एनप्याव्सन र निजी विद्यालयका लेखा र प्रशासन शाखामा तालाबन्दी गरेतापनि आफ्नो माग सरकारी निकायले बेवास्ता गरेको भन्दै वैशाख १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक आम हड्तालको आह्वान गरेको थियो ।
शुल्क निर्धारण समितिको निर्णय अनुसार हरेक तीन वर्षमा मात्र शुल्क बढाउन पाइने व्यवस्था भए पनि विद्यालयले शुल्क बढाएको प्रस्ताव शिक्षा कार्यालयमा आएकोले विद्यालयहरूको अनुगमन भइरहेको र वार्ताबाट समस्याको समाधानका लागि पहल भइरहेको शिक्षा अधिकारी विष्टले बताए ।
यसैबिच निजी विद्यालयमा गरिएको शुल्क बृद्धिको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले विद्यालयको लेखा शाखामा लगाइएको ताला ताडेको भन्दै वैशाख १७ गते धनगढी उमनपा-८ स्थित मोर्डनएरा स्कूलका प्रिन्सिपल एवम् प्याव्सन कैलालीका पूर्वअध्यक्ष आरसी यादवलाई मोसो दलेर दुर्व्यवहार गरेको छ ।
पठनपाठनमा प्रभाव नपर्ने गरी शान्तिपूर्ण आन्दोलनको रूपमा विद्यालयका लेखा शाखामा मात्रै तालाबन्दी गरिएपनि विद्यालयले आन्दोलनको विरूद्ध ताला तोडेकोले आफूहरूले मोसो दलेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष केशव उपाध्यायले बताए । तर, मोर्डनएराका प्रिन्सिपल आरसी यादवले भने व्यक्तिगत र पार्टीको रिसिइबीले मोसो दलेको आरोप लगाए ।
रविना चौधरी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…