शिक्षा इकाई प्रमुख देवकोटामाथि दुर्व्यवहार
जुम्ला घर भइ शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कालिकोटका प्रमुख ४८ वर्षीय महेशदत्त देवकोटालाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा युवा सङ्गठन कालिकोटका अध्यक्ष महेश विकको नेतृत्वमा आएको टोलिले दुर्व्यवहार गरेको छ ।
आफ्नै कार्यकक्षमा बसिरहेको अवस्थामा प्रमुख देवकोटालाई शिक्षक सरूवा तथा बढुवामा घुस खाएको, एकलौटी र मनपरी गरेको लगायतका आरोप लगाउँदै मङ्सिर २९ गते कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेको पीडित देवकोटाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
पटक पटकका गलत हर्कतलाइ सम्झाउँदा पनि अझै अटेरी गरेको हुनाले युवा सङ्गठनले कारबाही गरेको बिप्लव नेतृत्वको नेकपा जिल्ला सेक्रेटरी मनिलाल एडिले प्रतिक्रिया दिनुभयो ।
चार लाख चन्दा मागेकोमा आफूले दिन नसकेका कारण विप्लवका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै पीडित देवकोटाले मङ्सिर २९ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराध सम्बन्धि उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका प्रमुख देवकोटामाथि गरिएको दुर्व्यवहार घटनाको विभिन्न संघ सङ्गठनले संयुक्त विज्ञप्तिमार्फत निन्दा गरेका छन ।
राष्ट्रसेवक कर्मचारीमाथ झुटो आरोप लगाएर हातपात सहित दुर्व्यवहार गर्नेलाई तत्काल कानुनी कार्वाहीको माग गर्दै आधिकारी ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्टिय कर्मचारी सङ्गठन र स्थानिय कर्मचारी सङ्गठनका नेताहरूले संयुक्त विज्ञप्ति जारीगर्दै निन्दा गरेका हुन ।
आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनायो ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…