शिक्षाको अधिकार सम्बोधनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, चालू आर्थिक वर्षमा प्रदेशका ७ सय बढी विद्यालय छनौट

  ०७९ असोज १९ गते

शिक्षाको अधिकार सम्बोधन गर्ने गरी सरकारले सुरूआत गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालू आर्थिक वर्ष ०७९-०८० मा प्रदेश १ का ७ सय बढी विद्यालय छनौटमा परेका छन् ।

छनौटमा परेका विद्यालयको भौतिक पूर्वाधारसहित प्रविधिमैत्री सिकाइ वातावरणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सुरूआत गरिएको नेपाल सरकारले जनाएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणपत्र सन् १९४८ मा धारा २६ मा शिक्षाको अधिकारलाई व्यवस्था गरिएको छ ।

सो धारामा प्रत्येक व्यक्तिलाई शिक्षाको अधिकार हुनेछ । कम्तीमा प्रारम्भिक र मौलिक तहमा शिक्षा निःशुल्क उपलब्ध हुनेछ । प्रारम्भिक शिक्षा अनिवार्य हुनेछ । प्राविधिक तथा व्यवसायिक शिक्षा सबैका लागि सामान्यतः प्राप्य र पहुँचयोग्य बनाइनेछ र उच्च शिक्षा क्षमताका आधारमा सबैलाई समान रूपमा पहुँचयोग्य हुनेछ भनि व्यवस्था गरिएको छ ।

बालअधिकार सम्बन्धी महासन्धी, १९८९ लाई नेपाल सरकारले सन् १९९० सेम्टेम्बर २ अर्थात् वि।स। २०४७ भदौ १७ गते पक्ष राष्ट्रका रूपमा अनुमोदन गरेको छ । सो महासन्धीको धारा २८ मा शिक्षाको अधिकारलाई पक्षराष्ट्रले स्वीकार गरी शिक्षाको अधिकारलाई सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्छन् भनि उल्लेख गरिएको छ ।

नेपालको संविधानमा धारा ३१ मा शिक्षाको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनि व्यवस्था गरिएको छ ।

उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिर्वाय र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्था छ ।

नेपाल सरकारले विस २०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणा गरेको छ । सो घोषणामा विद्यालयको शैक्षिक वातावरण सुधारका लागि आवश्यक भौतिक सुधारसहित प्रविधिमैत्री शिक्षालाई आत्मसाथ गरिने उल्लेख छ ।

“सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र” बनाउने उद्देश्यसहित नेपाल सरकारले ०७६ पुस २७ गतेबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू गरेको छ ।

शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधारदेखि लिएर सिकाइ वातावरणसँग जोडिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले संविधान प्रदत्त शिक्षाको अधिकार र बालबालिकाको अधिकारलाई सम्बोधनको प्रयास गरेको छ ।

आर्थिक वर्ष ०७९-०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्रदेश १ का १ सय ९२ विद्यालयमा चारकोठे भवन, १ सय ८६ विद्यालयमा दुईकोठे भवन, ३ सय ५५ विद्यालयमा आईसीटी व्यवस्थापन र ३२ विद्यालयमा प्राविधिक ल्याब निर्माणका लागि छनोट भएका छन् ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा जिल्लाका २२ ओटा विद्यालय छनोट भएका छन् । जिल्लाका नौ ओटा स्थानीय तहमध्ये ६ ओटा स्थानीय तहका २२ ओटा विद्यालय छनौट भएका हुन् । सिरीजङ्घा,पाथीभरा याङ्वरक र फक्ताङलुङ गाउँपालिकाका विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पठाएका थिएनन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराईले तीन ओटा स्थानीय तहका विद्यालय छुटेकाले केन्द्रमा अनुरोध पत्र पठाइएको बताउनु भयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भदौ २९ गतेको मन्त्रि परिषद् निर्णयअनुसार फुङलिङ नगरपालिकामा पाँच ओटा विद्यालय छनौट भएका हुन् । वीरेन्द्र माध्यमिक विद्यालय र दुर्गमक्षेत्र आधारभुत विद्यालयका लागि चारकोठे भवन स्वीकृत भएको छ । मेवाराजा आधारभूत विद्यालय र शिव आधारभूत विद्यालयका लागि दुई कोठे कार्यक्रममा समावेश छ । सिद्धकाली माध्यमिक विद्यालयमा आइसिटी स्थापना गर्न ६ लाख ५० रुपियाँ हजार विनियोजन भएको छ । मैवाखोला गाउँपालिकास्थित पाटीडाँडा माध्यमिक विद्यालयलाई दुई कोठे र मैवाखोला माध्यमिक विद्यालयलाई चारकोठे भवनको योजना स्वीकृत भएको छ । सिदिङ्मा गाउँपालिकामा सिंहदेवी आधारभूत विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा क्रमश दुई कोठे र चारकोठे भवन परेको छ । जलेश्वरी आधारभूत विद्यालयमा दुई कोठे तथा नीलगीरी माध्यमिक विद्यालय मेहेलेमा आइसीटी ल्याबको योजना छ । आठराई त्रिवेणी गाउँपाकिलामा आम्बोटे आधारभूत विद्यालयमा चारकोठे भवन, जनकल्याण आधारभूत विद्यालयमा दुई कोठे भवन,सरस्वती आधारभूत विद्यालय र सिरीजङ्गा आधारभूत विद्यालयमा आइसीटी स्थापना गर्न कार्यक्रम स्वीकृत भएको छ  । मेरिङ्देन गाउँपालिकास्थित खाम्लुङमा रहेको पृथ्वी माध्यमिक विद्यालयमा चारकोठे भवन, राजारानी आधारभूत विद्यालय तथा जनज्योती आधारभुत विद्यालयमा दुईकोठे भवन बनाउने कार्यक्रम समावेश छ । मिक्वाखोला गाउँपालिकाको पञ्चेश्वरु माध्यमिक विद्यालयमा चारकोठे, राजेश्वरी आधारभूत विद्यालयमा दुई कोठे र किलिङ आधारभूत विद्यालयमा पनि दुई कोठे भवनको कार्यक्रम रहेको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ३३ ओटा सामुदायिक विद्यालय छनौटमा परेका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जिल्लाका १० स्थानीय तहका ३३ ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि छनौट भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालयको भौतिक, सूचना प्रविधि तथा अन्य क्षेत्रको विकास गर्ने छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत दुई कोठे भवन निमार्णतर्फ नौ विद्यालयलाई २७ लाख ५० हजार रुपियाँ लागतमा खाँदबारी नगरपालिका २,  धर्मदेवी नगरपालिका  १, पाँचखपन नगरपालिका १, मादी नगरपालिका १,भोटखोला गाँउपालिका १, सिलिचोङ गाँउपालिका २ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका छन् । चार कोठे भवन निर्माणतर्फ सात विद्यालयलाई ५५ लाख रुपियाँ लागतमा सभापोखरी गाउँपालिका १, खाँदबारी नगरपालिका १, चिचिला गाउँपालिका १,मादी नगरपालिका १, भोटखोला गाउँपालिका १ र धर्मदेवी नगरपालिका  १ विद्यालय छनौट भएका छन् । कम्युटर ल्याब स्थापनातर्फ १७ ओटा विद्यालयलाई ६ लाख ५० हजार पाँचखपन नगरपालिका २, सभापोखरी गाउँपालिका २,चिचिला गाउँपालिका २,खाँदबारी नगरपालिका २, मकालु गाउँपालिका २, मादी नगरपालिका २,चैनपुर नगरपालिका २ र धर्मदेवी नगरपालिकामा २ विद्यालय छनौट परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख केशव भट्टराईले बताउनु भयो । छनौटमा परेका विद्यालयहरुमा चालु आर्थिक वर्षमा कार्यक्रम सम्पन्न गर्ने उद्देश्यका साथ सम्वन्धित स्थानीय तहबाट वजेट पठाउन थालिएको समन्वय इकाई प्रमुख भट्टराईले बताउनुभयो । शैक्षिक सुधारका कार्यक्रमका लागि १० स्थानीय तहका एक सय विद्यालयले आवेदन दिएका थिए । स्थानीय तहले प्रमाणित गरेर शिक्षा विकास तथा सम्वन्वय ईकाई मार्फत सङ्घीय सरकारलाई पठाएको आवेदन पेश भएका जिल्लाका १०  ओटा स्थानीय तहका ३३ ओटा विद्यालय छनौटमा परेको प्रमुख भट्टराईले बताउनुभयो । दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने थलो शिक्षा क्षेत्र भएकोले यसलाई सरकारले प्राथमिकतामा राखेको छ । जिल्लाका तीन सय ५४ विद्यालयमा २० हजार ३ सय ८९ छात्र र १९ हजार नौ सय १६ छात्रा अध्ययनरत छन् ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका २९ ओटा विद्यालय छनोट भएका छन् । सोलुदुधकुण्ड नगरपालिका भित्रका पाँच ओटा, सोताङ गाउँपालिकाभित्रका तीन ओटा, थुलुङ दुधकोशी गाउँपालिकाभित्रका पाँच ओटा, माप्यदुधकोशीकाभित्रका पाँच ओटा, महाकुलुङका चार ओटा, नेचासल्यानका तीन र खुम्बुपासाङ ल्हामु गाउँपालिका भित्रका दुई र लिखुपिके गाउँपालिका भित्रका दुई ओटा विद्यालय छनोट भएका छन् । थुलुङ दुधकोशी गाउँपालिकाको जनकल्यान मावि र लामीडाडा आधारभूत विद्यालय आइसीटीका लागि छनोट भएका छन् । कालीदेवी मावि र जीवनज्योती मावि चार–चार कोठे र जनता मावि लोखिममा दुई कोठे भवन निमार्ण हुने भएका छन् । माहाकुलुङमा खिरौले मावि आइसीटीका लागि छनोट भएका छन् । जनसुधार मावि चार कोठे भवनका लागि र हिमचुली मावि, बासुकी आधारभूत विद्यालय दुई कोठे भवनका लागि छनोट भएका छन् । नेचासल्यानमा नरनाथ आधारभूत विद्यालयमा आइसीटीको काम हुने भएको छ । महेन्द्रदोय माविमा चार कोठे भवन, वीपी संस्कृत माविमा दुई कोठे भवन निमार्णका लागि छनोट भएका छन् । सोताङको बखपलम मावि र  दीपज्योति आधारभूत विद्यालयमा दुई कोठे भवन र हुङ्गामा मावि चार कोठे भवन निमार्णका लागि छनोट भएको छ । सोलु दुधकुण्ड नगरपालिकामा नमुना ज्योति आधारभूत विद्यालय, दुधकुण्ड हिमालय आधारभूत विद्यालय आइसीटी ल्यावका लागि छनोट भएको छ ।  बरबोट आधारभूत विद्यालय र पिके मावि दुई कोठे भवन, जनप्रिय माविमा चार कोठे भवन, लिखुपिके गाउँपालिकामा चन्द्रज्योति आधारभूत विद्यालयमा आइसीटी ल्याव र कमलामाई आधारभूत विद्यालय दुई कोठे भवन निमार्णका लागि छनोट भएको छ । माप्य दुधकोशी गाउँपालिकाको हिमालय मावि आइसीटी ल्याव, काकु मावि, सिंहदेवी आधारभूत विद्यालय, बुद्धिविकास आधारभूत विद्यालय, र जनेश्वरी आधारभूत विद्यालय दुई कोठे भवन निमार्णका लागि छनोट भएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खुम्जुङ मावि आइसीटी ल्याव, थामे आधारभूत विद्यालय दुई कोठे भवन निमार्णका लागि छनोट भएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार राष्ट्रपति शैक्षिक सधार कार्यक्रममा जिल्लाका १६ ओटा विद्यालय छनोट भएका छन् । चालु आर्थिक वर्ष ०७९-०८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भदौ २९ गतेको निर्णय अनुसार जिल्लाका १६ ओटा विद्यालय छनोट भएका हुन् । सिद्धिचरण नगरपालिकामा तीन ओटा विद्यालय छनोट भएका छन् । कुन्ता मावि ज्यामिरे, कडेनी मावि खनियाखर्क र रुम्जाटार मावि रुम्जाटार छन् । लिखु गाउँपालिकामा दुई ओटा विद्यालय छनोटमा परेका छन् । ग्रामज्योति आधारभूत विद्यालय लिखु गाउँपालिका–७, र ज्ञानज्योति मावि लिखु–२ रहेका छन् । खिजिदेम्बा गाउँपालिकामा पनि २ वटा विद्यालय छनोट भएका छन् । जसमध्ये फुलमति मा.वि.खिजिदेम्बा गाउँपालिका ५ र बुद्ध आ.वि.लाम्जे खिजिदेम्बा–२ रहेका छन् । मानेभञ्ज्याङ्ग गाउँपालिकामा स्वर्णान्तलाल आ.वि. टोक्सेल र विद्याकालिका आ.वि.तिल्पुङडाँडा रहेका छन् । मोलुङ गाउँपालिकामा सिंहदेवी आधारभूत विद्यालय मोलुुङ–६ चेप्टेडाँडा र पात्ले माध्यमिक विद्यालय मोलुङ–७ पात्ले रहेका छन् । चम्पादेवी गाउँपालिकाको जलकन्या आ.वि. सिल्खुवेसी, गोल्मादेवि आ.वि.सिमलटार र बालादेवी आ.वि. पुनटार रहेका छन् । चिशंखुगढी गाउँपालिकामा सरस्वती मावि खानीभञ्ज्याङ्ग चिशंखुगढी–२ र सिंहदेवी आवि नवलपुर, चिसंखुगढी–४ रहेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनु भएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ५३ ओटा विद्यालय छनोट भएका छन् । ऐसेलुखर्क गाउँपालिकाका ६ ओटा विद्यालय छनोट भएका छन् । दुई ओटा चार कोठे भवन, दुई ओटा दुई कोठे भवन र दुई ओटा आइसीयटी ल्यावका लागि छनौट भएका छन् । रावावेशी गाउँपालिकामा चार कोठे भवनका लागि एक ओटा, दुई कोठे भवनका लागि एक ओटा र आइसीटी ल्यावका लागि दुई ओटा गरी चार ओटा विद्यालय छनौट भएका छन् । खोटेहाङ गाउँपालिकामा चार कोठे भवनका लागि एक ओटा, दुई कोठे भवनका लागि तीन ओटा र आइसीटी ल्यावका लागि दुई ओटा गरी ६ ओटा छनोट विद्यालयमा परेका छन् । हलेसीतुवाचुङ नगरपालिका चार कोठे भवनका लागि एक ओटा, दुई कोठे भवनका लागि दुई ओटा र आइसीटी तीन गरी ६ ओटा विद्यालय छनोट भएका छन् । जन्तेढुङ्गा गाउँपालिकामा चार कोठे भवनका लागि एक ओटा, दुई कोठे भवनका लागि एक ओटा र आइसीटी ल्यावका लागि दुई ओटा गरी चार ओटा विद्यालय छनोट भएका छन् । बराहपोखरी गाउँपालिकामा चार कोठे भवन निर्माणका लागि एक ओटा, दुई कोठे भवन निर्माणका लागि दुई ओटा र तीन ओटा आइसीटी ल्यावका लागि ६ ओटा विद्यालय छनोट भएका छन् ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ३१ ओटा विद्यालय छनौट भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा रहेको व्यवस्था बमोजिम शिक्षा तथा मानव  स्रोत विकास केन्द्रको निर्णय अनुसार आर्थिक वर्ष ०७९-०८० का लागि आइसीटी ल्याबका लागि १० ओटा माध्यमिक विद्यालय र ५ ओटा आधारभूत विद्यालय गरी १५ ओटा विद्यालय र चार कोठे भवनका लागि ६ ओटा माध्यमिक विद्यालय र एउटा प्राथमिक विद्यालय गरी ७ ओटा विद्यालय छनौट भएका छन् । दुई कोठे भवन निर्माणका लागि ५ ओटा माध्यमिक विद्यालय, १ ओटा आधारभूत विद्यालय, ३ ओटा प्राथमिक विद्यालय गरी ९ ओटा विद्यालय छनौट भएको शिक्षा तथा मानव  स्रोत विकास केन्द्रले जनाएको छ । चौविसे गाउँपालिकामा ४ ओटामा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । कालिका प्रावि चौविसे–८ देउरालीमा २ कोठे भवन, संयुक्त मावि चौविसे–२ टोक्रोम्बामा आइसिटी ल्याब, जनकल्याण मावि चौविसे–३ कुरुलेमा आइसिटी ल्याब, शारदा मावि चौविसे–१ बुधबारेमा आइसिटीका लागि छनौट भएका छन् । छथरजोरपाटी गाउँपालिकामा पनि ४ ओटा विद्यालय छनौट भएका छन् । नवनिकेतन प्रावि छथरजोरपाटी–३ मा २ कोठे भवन, शारदा मावि छथरजोरपाटी–१ मा ४ कोठे भवन, भिमेश्वरी आवि छथरजोरपाटी–५ मा आइसिटी, र चुलाचुली मावि छथरजोरपाटी–३ मा आइसिटीका परेका छन् ।  धनकुटा नगरपालिकामा ५ ओटा विद्यालय छनौट भएका छन् । धनकुटा नगरपालिकामा कन्यादेवि प्रावि धनकुटा–९ साँवाबारीमा २ कोठे भवन, बागेश्वरी प्रावि धनकुटा–९ मा ४ कोठे भवन, जनकल्याण मावि धनकुटा–१० मार्गामा २ कोठे भवन, थानी आवि धनकुटा–९ गुठिटारमा आइसिटी र हिले मावि धनकुटा–१ हिलेमा आइसिटी छनौट भएको शिक्षा तथा मानव  स्रोत विकास केन्द्रले जनाएको छ । पाख्रिबास नगरपालिकामा पनि ४ वटा विद्यालय छनौट भएका छन् । जसमा ग्रामिण सामाजिक मावि पाख्रिबास–५ मा ४ कोठे भवन, राम मावि पाख्रिबास–७ मा २ कोठे भवन, सरस्वती मावि पाख्रिबास–८ मा आइसिटी र अन्नपूर्ण मावि पाख्रिबास–१ मा आइसिटी बन्ने भएका छन् । महालक्ष्मी नगरपालिकामा ४ वटा विद्यालय छनौट भएका छन् । अन्नपूर्ण मावि महालक्ष्मी–७ मा ४ कोठे भवन, धर्मोदय मावि महालक्ष्मी–६ मा २ कोठे भवन, चानुवा मावि महालक्ष्मी–४ मा आइसिटी र शारदा मावि महालक्ष्मी–२ मा आइसिटी स्थापना हुने भएका छन् । सहीदभूमि गाउँपालिकामा ५ वटा विद्यालय छनौट भएका छन् । सहिदभूमिमा छिन्ताङ मावि सहीदभूमि–२ मा ४ कोठे भवन, सिद्धदेवी मावि सहीदभूमि–७ मा २ कोठे भवन, ठाकुरदेवि मावि सहीदभूमि–६ मा २ कोठे भवन, अनिवार्य आवि सहिदभूमि–२ मा आइसिटी र जाल्पादेवि आवि सहिदभूमि–३ मा आइसिटी स्थापना हुने भएका हुन् । साँगुरीगढी गाउँपालिकामा पनि ५ वटा विद्यालय छनौट भएका छन् । जसमा बराहलक्ष्मी मावि साँगुरीगढी–१० मा ४ कोठे भवन, सिंहदेवि आवि साँगुरीगढी–२ मा २ कोठे भवन, जलकन्या मावि साँगुरीगढी–३ मा ४ कोठे भवन, ग्रामिण जनता मावि साँगुरीगढी–६ मा आइसिटी र लक्ष्मी मावि साँगुरीगढी–८ मा आइसिटीका लागि छनौट भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ । छनौट भएका विद्यालयमा कार्यक्रम सञ्चालन भइसकेपछि कक्षाकोठाको सहजता र आधुनिक प्रविधिको सिकाइले बालबालिकालाई सहज बनाउने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताउनु भयो । विद्यालयमा आइसीटी कक्षा सञ्चालन भएपछि सूचना र प्रविधिमा सक्षम बनाउने हिले माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र आचार्यको भनाइ छ । छनौट भएका विद्यालयमा आइसिटीका लागि ६ लाख ५० हजार रूपियाँ, ४ कोठे भवनका लागि कुनै विद्यालयमा ४५ लाख र कुनै विद्यालयमा ५५ लाख रुपियाँ तथा २ कोठे भवनका लागि केही विद्यालयमा २५ लाख रुपियाँ र केही विद्यालयमा २७ लाख ५० हजार रुपियाँ  बजेट विनियोजन भएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार राष्ट्रपति शैक्षिक सुधार  कार्यक्रमका लागि जिल्लाका ३३ ओटा विद्यालय छनौट भएका छन् ।  छनौट भएका विद्यालयहरूमा दुई र चार कोठे भवन निर्माण तथा आइसीटी ल्याव सञ्चालन हुने भएका छन् । जसमध्ये दुई कोठे भवन  ११ ओटा, चार कोठे भवन ६ ओटा, आइसीटी ल्यावका लागि १६ ओटा विद्यालय छनौट भएका छन् । नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धि हकको व्यवस्था गरिएको छ । जस अन्र्तगत प्रत्येक बालबालिकाले सहज र सर्वसुलभ रूपमा शिक्षा प्राप्त गर्नका लागि विद्यालयको भौतिक संरचनामा सुधार र व्यवस्थापन गर्नका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सरकारले सञ्चालन गरेको छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लामा दुई कोठा भवनका लागि १७ ओटा विद्यालय, चार कोठाका लागि ११ ओटा विद्यालय र आइसीटी ल्यावका लागि १७ ओटा विद्यालय गरी ४५ ओटा विद्यालय छनोट भएका छन् । इलाम नगरपालिका–११ को वालकल्यान माध्यमिक विद्यालय आइसीटी ल्याव, विणापाणी माध्यमिक विद्यालय आइसीटी, नेपालटार माविमा चार कोठे भवन, साङरुम्बा माध्यमिक विद्यालय दुई कोठे भवन गरी इलाम नगरपालिकामा चार ओटा विद्यालय छनोट भएका छन् । सूर्योदय नगरपालिका–९ को दियालो आधारभूत विद्यालय २ कोठे भवन, सूर्योदय नगरपालिका –११ को भवानी आधारभूत विद्यालय २ कोठे भवन, सूर्योदय नगरपालिका–१४ को शारदा आधारभूत विद्यालय २ कोठे भवन, सूर्योदय नगरपालिका–६ सरस्वती निवास आधारभूत विद्यालय २ कोठे भवन, सूर्योदय नगरपालिका –४ जनक माध्यमिक विद्यालय  ४ कोठे भवन, सूर्योदय नगरपालिका–११ कृष्ण आधारभूत विद्यालय आइसीटी, सूर्योदय नगरपालिका–१ सरस्वती माध्यमिक विद्यालय आइसीटी ल्याव गरी सूर्योदय नगरपालिकामा सात  विद्यालय छनोट भएका छन् । माङसेबुङ गाँउपालिका–६ को चिसोपानी माध्यमिक विद्यालयमा २ कोठे भवन, माङसेबुङ गाँउपालिका–१ महेन्द्रदय माध्यमिक विद्यालय ४ कोठे भवन, माङसेबुङ गाँउपालिका–५ सरस्वती माध्यमिक विद्यालय ४ कोठे भवन, माङसेबुङ गाँउपालिका किराँत साम्जिक मुन्धुम आधारभूत विद्यालय २ कोठे भवन, माङसेबुङ गाँउपालिका ४ सरस्वती आधारभूत विद्यालय आइसीटी ल्याव, माङसेबुङ गाँउपालिका–४ विधासिर्जनात्मक माध्यमिक विद्यालयमा आइसीटी गरी माङसेबुङ गाँउपालिकामा ६ ओटा विद्यालय छनोट भएका छन् । रोङ गाँउपालिका–३ को श्री शंकर आधारभूत विद्यालय आइसीटी ल्याव, रोङ गाँउपालिका–५ श्री वहुवन माध्यमिक विद्यालयमा आइसीटी ल्याव, रोङ गाँउपालिका–२ श्री शान्तिपुर माध्यमिक विद्यालय चार कोठे भवन, रोङ गाँउपालिका–५ को  मालवाँसे आधारभूत विद्यालयमा दुई कोठे भवन, रोङ गाँउपालिका–६ श्री कुवापानी माध्यमिक विद्यालय दुई कोठे भवन गरी रोङ गाँउपालिकामा  पाँच ओटा विद्यालय छनोट भएका छन् । माईजोगमाई  गाँउपालिका–५ को श्री सिरिसे माध्यमिक विद्यालय चार कोठे भवन, माईजोगमाई  गाँउपालिका–२ को ज्ञानोदय माध्यमिक विद्यालय दुई कोठे, माईजोगमाई  गाँउपालिका–१ मा अमरकल्याण माध्यमिक विद्यालय आइसीटी, माईजोगमाई  गाँउपालिका–५ को सरस्वती माध्यमिक विद्यालय आइसीटी गरी माईजोगमाई  गाँउपालिकामा  चार ओटा विद्यालय छनोट भएका छन् । देउमाई नगरपालिका–७ को खान्द्वुङ माध्यमिक विद्यालय चार कोठे भवन, देउमाई नगरपालिका ४ भानुभतm  माध्यमिक विद्यालय  दुई कोठे भवन, देउमाई नगरपालिका–८ को भगवती आधारभुत विद्यालय आइसीटी, देउमाई नगरपालिका–८ को जनता आधारभूत विद्यालयमा आइसीटी चार ओटा विद्यालय छनोट भएका छन् । चुलाचुली गाँउपालिका–६ को मिक्लाचोङ माध्यमिक विद्यालय दुई कोठे भवन, चुलाचुली गाँउपालिका–१ को जनता माध्यमिक विद्यालय चार कोठे भवन, चुलाचुली गाँउपालिका–५ को बाँझोगाँउ माध्यमिक विद्यालयमा आइसीटी ल्याव,  चुलाचुली गाँउपालिका–३ मा किराँतेश्रर माध्यमिक विद्यालयमा दुई कोठे भवन, चुलाचुली गाँउपालिका–६ मा राष्ट्रप्रेमी माध्यमिक विद्यालय चार कोठे भवन चुलाचुली गाँउपालिकामा पाँच ओटा विद्यालय छनोट भएका छन् । माई नगरपालिका–९ को श्री जनसेवक आधारभुत विद्यालय दुई कोठे भवन, माई नगरपालिका–९ श्री कैलाश आधारभूत विद्यालय दुई कोठे भवन, माई नगरपालिका–१० श्री सिह आदर्श आइसीटी ल्याव, माई नगरपालिका–५ श्री सूर्योदय आधारभूत विद्यालय आइसीटी ल्याव, माई नगरपालिकामा चार ओटा विद्यालय छनोट भएका छन् । सन्दकपुर गाँउपालिका–४ को श्री प्रबोध माध्यमिक विद्यालय दुई कोठे भवन, सन्दकपुर गाँउपालिका–५ को भानुदय आधारभूत विद्यालय चार कोठे भवन, सन्दकपुर गाँउपालिका–५ को राष्ट्रिय आधारभूत विद्यालय आइसीटी ल्याव गरी तीन ओटा विद्यालय छनोट भएका छन् । फाकफोकथुम गाँउपालिका–७ को जनकल्याण माध्यमिक विद्यालय चार कोठे भवन, फाकफोकथुम गाँउपालिका–६ को थोकफेला आधारभूत विद्यालय दुई कोठे भवन, फाकफोकथुम गाँउपालिका–३ को सिहंदेवी माध्यमिक विद्यालयमा आइसीटी ल्याव गरी फाकफोकथुम गाँउपालिकामा तीन ओटा विद्यालय छनोट भएका छन् ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आर्थिक वर्ष ०७९-०८० मा जिल्लाका ७७ ओटा सामुदायिक छनौटमा परेका छन् । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाका ७७ ओटा सामुदायिक विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको जनाएको छ । मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, कचनकवल र झापा गाउँपालिकाका चार÷चार ओटा विद्यालय छनोट भएका छन् । गौरादह, कनकाई, बाहृदशी र भद्रपुरका पाँच-पाँच ओटा विद्यालय छनोटमा छन् । शिवसताक्षीका नौ ओटा, हल्दीबारीका तीन ओटा, अर्जुनधाराका ६, कमलका सात ओटा, दमकका १० र गौरीगञ्ज गाउँपालिकाका तीन ओटा विद्यालय छनोट भएका छन् । मेचीनगर नगरपालिका–७ को अरनिको मावि चार कोठे भवन, मेचीनगर नपा–१५ को कालिका आधारभूत विद्यालय दुई कोठे भवन, मेचीनगर नपा–४ को पशुपति माविलाई आईसीटी, मेचीनगर नपा –५ को श्री बालकल्याण माविलाई आईसीटी, र मेचीनगर नपा–२ को भिमले आधारभूत विद्यालयलाई दुई कोठे भवन निर्माणका लागि छनोट भएको छ । अर्जुनधारा नपा–४ को अर्जुनधारा माविलाई चार कोठे भवन, अर्जुनधारा नपा–६ को श्री लक्ष्मी मावि चार कोठे भवन, अर्जुनधारा नपा–९ को कालिस्थान माविलाई दुई कोठे भवन, अर्जुनधारा नपा–१ को सिंहदेवी माविलाई आइसीटी, अर्जुनधारा नपा–५ को आधारभूत विद्यालय कञ्चनबारीलाई आइसीटी ल्याब परेको छ । कमल गापा–५ गुहेश्वरी आधारभूत विद्यालयलाई आइसीटी र शहिद रत्न आधारभूत विद्यालयलाई आइसीटी, कमल गापा–२ को श्री महेन्द्र रत्न आधारभूत विद्यालयलाई आइसीटी, कमल गापा–४ को सरस्वती माविलाई ४ कोठे भवन, कमल गापा–१ को बासबारी माविलाई चारकोठे, कमल –५ को मंगलमय माविलाई चार कोठे भवन परेको छ । गौरादह नगरपालिका–८ को बैराती प्राथामिक विद्यालयलाई दुई कोठे भवन, गौरादह नगरपालिका–६ शहिद प्राथामिक विद्यालयलाई चार कोठे भवन, गौरादह नगरपालिका–१ जनता माविलाई आइसीटी ल्याब, गौरादह नगरपालिका–७ गौरीया आधारभूत विद्यालयलाई आइसीटी, गौरादह नगरपालिका–५ को भद्रकाली माविलाई चार कोठे भवन परेको छ । बाहृदशी गापा–३ पशुपति माविलाई चार कोठे, बाहृदशी गापा–७ गौरीशङ्कर माविलाई दुई कोठे, बाहृदशी गापा–१ को अमृत मावि आइसीटी, बाहृदशी गापा–४ को जनविकास मावि आइसीटी, बाहृदशी गापा–५ घोडामारा आधारभूत विद्यालयलाई दुई कोठे भवन परेको छ । बुद्धशान्ति गापा–४ गणेश माविलाई चार कोठे भवन, बुद्धशान्ति गापा–२ को सरस्वती आधारभूत विद्यालयलाई चार कोठे भवन, बुद्धशान्ति गापा–७ राष्ट्रिय विजय माविलाई चार कोठे भवन, बुद्धशान्ति गापा– ५ को गडीगाउँ माविलाई आइसीटी ल्याव परेको छ । विर्तामोड नपा–९ को दुर्गा माविलाई चार कोठे भवन, विर्तामोड नपा–२ पञ्च रत्न माविलाई दुई कोठे भवन, विर्तामोड नपा–१० महेन्द्र रत्न माविलाई चार कोठे भवन, विर्तामोड नपा–६ को सरस्वती माविलाई आइसीटी ल्याव परेको छ । शिवसताक्षी नपा–७ भगवती माविलाई चार कोठे भवन, शिवसताक्षी नपा–५ श्री सुर्योदय आधारभूत विद्यालयलाई दुई कोठे भवन, शिवसताक्षी नपा–८ झिलझिले माविलाई चार कोठे भवन, शिवसताक्षी नपा–४ को त्रिभुवन माविलाई चारकोठे भवन, शिवसताक्षी नपा–७ को लालपानी माविलाई चारकोठे भवन, शिवसताक्षी नपा–२ हिमालय प्राविलाई दुई कोठे भवन, शिवसातक्षी –११  राष्ट्रिय रमणीय आर्दश माविलाई चारकोठे भवन, शिवसताक्षी नपा–२ को श्री मोती माविलाई दुई कोठे भवन, शिवसताक्षी नपा–१० को श्री जङ्गघा प्रावि आइसीटी ल्याव परेको छ । हल्दिबारी गापा–२ को नव सृजना प्राविलाई दुई कोठे भवन, सरस्वती आ वि २ चारकोठे भवन, हल्दिबारी गापा–१ को गरमकाली आधरभूत विद्यालयलाई आइसीटी ल्याव परेको छ । कनकाई नपा–२ जानकी आधारभूत विद्यालयलाई चार कोठे भवन, कनकाई नपा–३ जनचेतना आधारभूत विद्यालयलाई  दुई कोठे भवन, कनकाई नपा–७ को भृकुटी माविलाई चार कोठे भवन, कनकाई नपा २ को सरस्वती माविलाई आईसीटी, कनकाई नपा–१ को पशुपति प्राविलाई आईसीटी परेको छ । दमक नपा–१ को सरस्वती माविलाई चार कोठे भवन, दमक नपा–७ को पृथ्वी माविलाई दुई कोठे भवन, दमक नपा–८ को जनाता आर्दश माविलाई चार कोठे भवन, दमक नपा–१ को भृकुटी मावि दुई कोठे भवन, दमक नपा–२ को सस्वती आर्दश माविलाई चार कोठे भवन, दमक नपा–८ को पशुपति संस्कृत मावि चार कोठे भवन, दमक नपा–४ ताराबारी आर्दश माविलाई चार कोठे भवन, दमक नपा–४ को जनचेतना आधारभूत विद्यालयलाइ दुई कोठे भवन, दमक नपा–४ को कृष्ण माविलाई आई.सी.टी, दमक नपा–१० सिँहदेवी मावि आई.सी.टी परेको छ । कचनकवल गापा–१ श्री बुद्ध मावि २ कोठे भवन, कचनकवल गापा–५ जानकी आधारभूत विद्यालयलाई को चार कोठे भवन, कचनकवल गापा–५ को पाथीभरा आर्दश माविलाई आईसीटी, श्री कचनकवल गापा–७ को गगन आधारभूत विद्यालयलाई आईसीटी ल्यवा परेको छ । गौरीगंज गापा–६ को खजुरगाछी माविलाई चारकोठे भवन, गौरीगंज गापा–४ राष्ट्रिय प्राथामिक विद्यालयलाई दुई कोठे भवन, गौरीगंज गापा–१ को बालकल्याण माविलाई चार कोठे भवन परेको छ । भद्रपुर नपा–२ को सिँचाई प्राविलाई दुई कोठे भवन , भद्रपुर नपा–१ दीपक प्राविलाई दुई कोठे भवन, भद्रपुर नपा–७ वीरेन्द्र माविलाई दुई कोठे भवन, भद्रपुर नपा–३ अरनिको माविलाई आईसीटी, भद्रपुर नपा–१ हिमाली माविलाई आईसीटी, झापा गापा–१ को श्री सरस्वती आर्दश माविलाई चार कोठे भवन परेको छ । झापा गापा–७ जनकल्याण माविलाई दुई कोठे भवन, झापा गापा–२ को  श्री त्रिभुवन माविलाई आइसीटी ल्याव र झापा गापा–३ को समलवाडी आधारभूत विद्यालयलाई आइसीटी ल्याव परेको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ९५ ओटा विद्यालय छनोट भएका छन् ।  उर्लावारी नगरपालिकाका ६ ओटा, कटहरी गाउँपालिकाका तीन ओटा,कानेपोखरी गाउँपालिकाका ६ ओटा, वेलवारी ननगरपालिकाका पाँच ओटा र ग्रामथान गाउँपालिकाका ६ ओटा विद्यालय छनोट भएका छन् । जहदा गाउँपालिकाका चार ओटा, धनपालथान गाउँपालिकाका चार ओटा, पथरी शनिश्चरे नगरपालिकाका पाँच ओटा र विराटनगर महानगरपालिकाका १४ ओटा विद्यालय छनोट भएका छन् । बुढीगङ्गा गाउँपालिकाका चार ओटा, वेलवारी नगरपालिकाका ६ ओटा, मिक्लाजुङ गाउँपालिकाका ६ ओटा, रतुवामाइ नगरपालिकाका पाँच ओटा, रंगेली नगरपालिकाका चार ओटा, सुनवर्षी नगरपालिकाका पाँच ओटा, सुन्दरहरैंचा नगरापालिकाका सात ओटा र लेटाङ नगरपालिकाका चार ओटा  विद्यालय छनोट भएका छन् ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे र चार कोठे पक्की भवन निर्माण, आइसीटी ल्याव स्थापनालगायतका पूर्वाधार निर्माणका लागि  विद्यालयहरूले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका विद्यालयहरूमध्येबाट ०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागि गराउने विद्यालयको नाम छनोट गरेको थियो ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ३९ ओटा सामुदायिक विद्यालय छनौट भएका छन् । जिल्लाका आठ ओटा स्थानीय तहका १४ ओटा विद्यालयमा चार कोठे भवन, १७ ओटा विद्यालयमा आइसीटी ल्यावर र आठ ओटा विद्यालयमा दुई कोठे भवन छनौटमा परेको छ । सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष ०७९-०८० का लागि जिल्लाका ७७ ओटा सामुदायिक विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न ९ करोड २० लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । बेलका नगरपालिकाका जनजागृति आधारभूत विद्यालय झोरापाटालाई चार कोठे भवन, जनता आवि आराङ्गा र जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीलाई आइसीटी ल्याव र शारदा आवि विलिम्लालाई दुई कोठे भवन परेको छ । चौदण्डीगढी नगरपालिकाका कौवैदेवी आवि झोरापाटामा आइसीटी ल्याव, नारद आदर्श मावि बर्खेडाँडा, मावि आमसाल, जाल्पा जनमावि अजिङ्गगरे र जनकल्याण आवि हात्तिसार चार कोठे भवनका लागी छनौटमा परेका छन् । त्रियुगा नगरपालिकाका जनप्रेमी आवि पुरानो गाईघाट र मावि कालीखोलालाई चार कोठे भवन, जनता मावि वरूवाडरलाई दुई कोठे भवन, जनता आवि मोथियाही, जनज्योती आवि चुहाडे र आटमन्दिर आवि बागचौरीलाई आइसीटी ल्याव परेको छ । कटारी नगरपालिकाका पञ्चावती मावि खसीबासमा चार कोठे भवन, आवि सिरिसे आहाले, जनप्रेमी मावि रिस्कु र जनता माविमा गुराँसे आइसीटी ल्याव र कालिका मावि रतनपुरमा दुई कोठे भवन स्वीकृत भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रौतामाई गाउँपालिकामा जनता मावि लाफागाउँले चार कोठे भवन, पञ्चावती आवि भदौरेले दुई कोठे भवन, नवज्योती आवि राजाबास र सिंहकाली आवि पकनाले आइसीटी ल्यावका लागि छनौट भएको छ । उदयपुरगढी गाउँपालिकाका जनता आवि कुर्कनटार, महादेव आवि गैडाखोर र आवि चुरूम्फामा चार कोठे भवन, राजश्री आवि कोल्टेमा आइसीटी ल्याव, आवि नरेटार र बागेश्वरी आवि गोहियाका लागि दुई कोठे भवन छनौट भएको छ । ताप्ली गाउँपालिकाका ककनिश्वर मावि ठानागाउँमा चार कोठे भवन, पञ्चावती आवि रामपुर र आवि जतनपुरमा आइसीटी ल्याव, आवि पिपलबजार थुम्कीमा दुई कोठे भवन बन्ने भएको छ । लिम्चुङबुङ गाउँपालिकाका आवि १८ तमारो रातमाटे श्रीवानी र महेन्द्रदिव मावि ११२ ताम्लिछामा ४ कोठे भवन, पञ्चकन्या आवि १८ मिनासिकामा २ कोठे भवन, आवि १८ बाँसबोटे बरभञ्ज्याङ र महेन्द्र मावि ११० सिर्वानी बाराहा आइसीटी ल्यावका लागि स्वीकृत भएका छन् । स्थानीय तहको सिफारिसका आधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा रहेको व्यवस्था बमोजिम शिक्षा तथा मानव  स्रोत विकास केन्द्रको भदौ २९ गतेको निर्णय अनुसार उदयपुरमा ३९ विद्यालय छनौट भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बाबुराम पोखरेलले बताउनु भएको छ ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर