शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार
बेलौरी नगरपालिका–६ विद्यानगर घर भई बेलौरी नगरपालिका–८ स्थित जनज्योति माध्यमिक विद्यालय, कलकत्तामा लामो समयदेखि शिक्षण गर्नुभएका ६५ वर्षीय शिक्षक लच्छी चन्दलाई ०८१ जेठ २ गते हत्या गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–४ घर भई बेलौरी नगरपालिका–६ स्थित विद्यानगरमा बस्दै आउनुभएका ३५ वर्षीय महेश भण्डारीलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।
शिक्षक चन्दलाई जेठ २ गते राति मदिरा सेवन गरेर आएका भण्डारीले सामान्य विवादमा मुख र टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले जेठ ३ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेश जोशीले बताउनु भयो ।
ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शिक्षक चन्दको बेलौरी प्राथमिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढीस्थित निर्सग अस्पतालमा लगिएकाे र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जोशीले बताउनु भयो ।
शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको छ ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…