शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार
सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा अध्यापन गराउँदै आउनु भएका धनबहादुर विष्टको हत्या गरेको आरोपमा प्रहरीले कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययनरत पुचौँडी नगरपालिकाकी विमला बोहरा र पति प्रजा बोहरालाई पुस ७ गते गिरफ्तार गरेको छ ।
पाटनमा पुस २ गते मृत अवस्थामा फेला पर्नु भएका शिक्षक विष्टको हत्या गरेको आशंकामा बोहरा दम्पत्तीलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले बताउनु भयो ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र जिल्ला प्रहरी कार्यालय ,बैतडीले पत्रकार सम्मेलनमार्फत आरोपितहरुलाई सार्वजनिक गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मोहनकुमार आचार्यले बताउनु भयो ।
कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका पतिलाई सीआइबीको टोली आएपछि गिरफ्तार गरिएको हो । अरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान गर्दा हत्या घटनामा संलग्न भएको आधारहरु प्राप्त भएको प्रहरीले जनाएको छ ।
शिक्षक बिष्ट कृष्ण माविको छात्राबासको माथिल्लो तलामा बस्दै आउनु भएको बिष्टले छात्राबासको तल्लो तलामा आफ्ना भाइहरुसँगै बसेर पढ्दै आएकी युवतीलाई कोठामा बोलाएको विषयमा विवाद हुँदा हत्या भएको हुन सक्ने डिएसपी शाहीले बताउनु भयो ।
शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडी मृत अवस्थामा भेटिनु भएको थियो । बिष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गर्दै पुस २ गतेदेखि पाटनमा आन्दोलन जारी रहेको छ ।
पुस ६ गते पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन् भने न्यायका लागि गठित संघर्ष समितिले पुस ७ गते जिल्लाभरीका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपिल गरेको छ ।
हत्या गरिएको अवस्थामा फेला परेका विष्टको शवको पोष्टमार्टम पुस ३ गते प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा गरिएको भए पनि पीडित पक्षले शव बुझेका छैनन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।…
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…