शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार
सप्तरी जिल्ला, विष्णुपुर गाउँपालिका–५ स्थायी घर भई चिशंखुगढी गाउँपालिका–४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई असोज ८ गते गिरफ्तार गरेको छ ।
चिशंखुगढी नगरपालिका–४ स्थित कुमार राईको घरमा डेरा गरी बस्दै आउनु भएका शिक्षक ठाकुर असोज ७ गते सुतेकै अवस्थामा मृत फेला पर्नु भएको थियो ।
शिक्षक ठाकुर मृत फेला परेपछि घरबेटी कुमार राईले छलमायाविरूद्ध असोज ८ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव अधिकारीले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको खटपटका कारण हत्या गरेको बयान आरोपितले दिएको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असोज ८ गते गरिएको छ ।
पोष्टमार्टमपछि सोही दिन पीडित पक्षलाई शव जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
जिल्ला अस्पतालमा ह्विलचियरको अभाव : सेवाग्राहीलाई सास्ती
जिल्ला अस्पतालमा बिरामी बोक्ने ह्विलचियरको अभाव भएको छ । अस्पतालमा ह्विलचियरको अभावपछि बिरामीलाई एक स्थानबाट अर्को स्थानमा लैजानका लागि सास्ती हुनेगरेको हो । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्र अर्थात जिल्लाकै एक…
२५ वर्षदेखि देउलीका स्थानीयलाई खानेपानीको समस्या
चंखेली गाउँपालिका–२ स्थित दार्म गाउँको देउलीका स्थानीयहरु विगत २५ वर्षदेखि खानेपानीको समस्या रहेको छ । खानेपानीको स्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम नभएका कारण खानेपानीको समस्या भएको…
छुट्टाछुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा कठिनाई
नेपालको संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरे पनि रसुवामा पाँच ओटै स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष अभावले न्याय सम्पादनमा कठिनाई भएको छ ।…
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…