शिक्षक हत्या कसुरमा तीन वर्ष कैद
तिरहुत गाउँपालिका–२ पिपराही गोइठी घर भइ राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या कसुरमा राजविराज नगरपालिका–७ की २५ वर्षीया सन्तोषीकुमारी यादव र उनका बुबा ५० वर्षीय बिन्दु भनिने बिन्देश्वर यादवलाई भदौ २५ गते जनही ३ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आरोपित सन्तोषीकुमारी यादव र उनका बुबा बिन्देश्वर यादवलाई कसुरदार ठहर गर्दै जनही ३० हजार रुपियाँ जरिवाना तिराउने र १ हजार २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने समेत फैसला भएको छ । कसुर ठहर भएका आरोपितहरूले पीडित पक्षलाई १ लाख रुपियाँ क्षतिपूर्ति समेत तिर्नुपर्ने फैसला भएको अदालतले जनाएको छ ।
अन्य आरोपितहरू राजविराज नगरपालिका–७ का वडा अध्यक्ष ४० वर्षीय टुनटुन भनिने सुभाषचन्द्र यादव, ३५ वर्षीय श्रवण कुमार महतो, ३१ वर्षीय प्रेम भनिने योगेशकुमार देव, ३० वर्षीय कमलु भनिने कमलदेव यादव, २७ वर्षीय शशी आनन्द देव र २३ वर्षीय प्रमोदकुमार यादवले अभियोग दावीबाट सफाइ पाएका छन् ।
राजविराज नगरपालिका–७ खर्साल टोलमा २०७६ असार ९ गते राति आठ जनाको समूहले गरेको कुटपिटबाट मृत्यु भएको भन्दै पीडितका बुबा उपेन्द्रप्रसाद यादवले जिल्ला प्रहरी कार्यालयमा ०७६ असार ११ गते उजुरी दिनुभएको थियो । कुटपिटबाट गम्भिर घाइते बिराजीको नोबेल अस्पताल बिराटनगरमा ०७६ असार ११ गते दिउँसो मृत्यु भएको थियो । शवको बिराटनगरस्थित कोशी अस्पतालमा ०७६ असार ११ गते पोष्टमार्टम भएको थियो । आरोपितहरूविरुद्धको उजुरी ०७६ असार १२ गते दर्ता भएको थियो ।
पिस जोन मोडेल स्कुलको होस्टलमा वार्डेन समेत रहेका शिक्षक बिराजीलाई केटी साथी भेट्न ०७६ असार ९ गते राति राजविराज नगरपालिका–७ खर्साल टोल पुगेका बेला स्थानीय युवाहरूको समूहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका थिए । उपचारकै क्रममा शिक्षकको मृत्यु भएपछि आरोपितहरू फरार भएका थिए ।
आरोपित श्रवणलाई ०७७ चैत ५ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेबाट गिरफ्तार गरेको थियो । अदालतमा ०७७ चैत २९ गते अभियोगपत्र दायर भएकोमा उनी चैत ३० गते २ लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए । आरोपित सुभाष ०७८ जेठ ४ गते गिरफ्तार भएकोमा न्यायाधीश प्रेमबहादुर न्यौपानेको जेठ १० गतेको आदेशले ३ लाख रुपियाँ धरौटीमा रिहा भएका थिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…