तालाबन्दीका कारण पठनपाठन प्रभावित
सुवर्ण गाउँपालिका–४ हर्दिया औरैयास्थित श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीहरूले विभिन्न १४ बुँदे माग राखी विद्यालयमा जेठ ५ गते देखि तालबन्दि गरेका कारण पठनपाठन प्रभावित बनेको छ ।
बिद्यालयको मुल गेट र कक्षा कोठामा लाता लगाएर सडक बन्द गरी आन्दोलनमा उत्रिकएका हुन् । बिद्यार्थीले आफ्ना माग पुरा नगरेको भन्दै जेठ ५ गते देखि सडक बन्द गरी हर्दिया गाउँ परिक्रमा गरी कोण सभा गरेको कक्षा दशका विद्यार्थी आरएन यादवले बताउनुभयो ।
विद्यार्थी संघर्ष समितिले जेठ १६ गते जिल्ला प्रशासन कार्यालय बाराका सिडीओ नवराज सापकोटालाई ज्ञापन पत्र बुझाएर पहल गरिदिन आग्रह गरेका छन् । मागहरू प्रधानाध्यापक रामएकवाल प्रसादको सरुवा वदर गर्न पर्ने । हरेक विषयमा स्नातक उतिर्ण शिक्षक हुनुपर्ने । कक्षा आठ देखि दश सम्म निशुल्क ट्युसनको व्यवस्था हुनुपर्ने । पुस्तकालयमा शान्त वातावरण बनाइ हरेक दिन सञ्चालन हुनुपर्ने । कम्प्युटर प्रयोगशाला व्यवस्थित तरिकाले प्रत्येक दिन सञ्चालन हुनुपर्ने । खेलकुदका सामग्री उपलब्ध हुनुपर्ने । विदार्थीहरूलाई शैक्षिक भ्रमण लैजानुपर्ने । कक्षा एक देखि नौ सम्मका विद्यार्थीलाई स्वागत र कक्षा दशका उतिर्ण विद्यार्थीलाई विदाई कार्यक्रम सञ्चालन गर्नुपर्ने । विद्यार्थी आन्दोलनमाथि भएको दमन छानबिन गर्नु पर्ने । घाइते विद्यार्र्थीको गाउँपालिकाको कार्यालयले उपचार गर्नु पर्ने । स्थानीय तहले शिक्षा क्षेत्रमा मनोमानी गर्न नहुने । विद्यालयमा लगाएको ताला खोल्ने वातावरणको सृजनागर्नु पर्ने । माग पुरा नभएमा थप आन्दोलन गर्ने समितिले जनाएको छ ।
सुवर्ण गाँउपालिकाको गाउँ शिक्षा समितिले गाउँपालिका भित्र दरबन्दी मिलान गर्न जेठ ३ गते शिक्षक सरुवा गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख बिधानन्द प्रसाद यावदले बताउनुभयो । शिक्षक सरुवाको निर्णय जानकारी पाएपछि सरुवा बदर गर्न जेठ ५ गते देखि ७ गते सम्म विद्यालयमा ताला लगाएर विधार्थीहरू नारा जुलुस गर्दै हर्दिया गाँउ परिक्रमा र कोण सभा गरेको कक्षा १० का विधार्थी आरएन यादवले बताउनुभयो । जेठ ७ गते सुवर्ण गाँउपालिका–२ कवहीगोठमा आन्दोलन गरी गाउँपालिकाको कार्यालयसँग शिक्षक सरुवा बदर लागयतका माग राखेको कक्षा दशका विद्यार्थी विशेद्र यादवले बताउनुभयो ।
जेठ ८ गते एकहजार विद्यार्थीले गाउँपालिकाको अध्यक्षको कार्यकक्ष, उपाध्यक्षको कार्यकक्ष, प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष, आई.टी.शाखा, योजना शाखा, वडा नं २ को कार्यालय, वडा नं ४ को कार्यालयमा तोडफोड गरे । गाउँपालिकाको कार्यालयमा रहेको कम्प्युटर, सिसिटिभि क्यामरा, ६ ओटा मोटरसाइकल, जेसिवि, तोडफोड गरी आगजनी गरे । गाउँपालिकाका अवश्यक कागजात र सामग्री आगजनी गरे । विद्यार्थीले तोडफोड गरेर आगजनी गरी गाउँपालिकाको कार्यालयको एक करोड पचासलाखको क्षती भएको गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले बताउनुभयो ।
बिद्यार्थीलाई उचालेर सुनियोजित तरिकाले गाँउपालिकाको कार्यालय तोडफोड र आगजनी भएको गाउँपलिका अध्यक्षले बताउनुभयो । गाउँपालिकाले जेठ ३ गते हर्दिया माद्ययमिक विद्यालयका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर महुर्आवाका प्रधानाध्यापक चन्देशवर प्रसाद यादव, नेपाल राष्ट्रिय प्राथमिक विदालय मझरियाका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादव र कवही जगात माद्ययमिक विद्यालयका प्रधानाध्यापक नथुनी प्रसाद यादवको सरुवा गरेको थियो । शिक्षकहरूको सहमतिमा सरुवा गरेको प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पालले बताउनुभयो ।
जेठ ८ गते विद्यार्थीको आन्दोलन नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषेतमा पाण्डेको कमाण्डमा रहेको प्रहरीले २० राउण्ड आश्रुग्यास प्रहार गरेको बताउनुभयो ।
जेठ ९ गते बाराका सिडीओ नवराज सापकोटाको अगुवाइमा जिल्ला सुरक्षा समितिले तोडफोड र आगजनी घटनाको स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीमा एसपी होविन्द्र बोगटी, शसस्त्र प्रहरी गण १२ नं उत्तर झिटकैयाका गणपती टोप बहादुर डांगी, राष्ट्रिय अनुसन्धान बाराका उपनिर्देशक अभिनय कुमार सिंह रहनुभएका थियो । अनुगमन टोलीका सापकोटाले गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवसँग घटनाको विषयमा जानकारी लिएको बताउनुभयो ।
विद्यार्थीले पठन पाठन शुरुगर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई जेठ १७ गते अनुरोध गरे । पौडेलले विद्यार्थी र शिक्षकसँग जेठ १७ गते भेट गरी पठनपाठन सञ्चालन गर्नका लागि भेट गर्दा शिक्षकवर्ग सधै विद्यालयमा आएर गेटमा हाजीर गरी फर्कने गरेको सहायक प्रधानाध्यापक सुभास प्रसाद यादवले बताउनुभयो । शिक्षक जनार्दन चौधरी, पुलेन्द्र प्रसाद यादव, हरेन्द्र कुमार मिश्र, मदन प्रसाद यादव, राजु साह, प्रभु प्रसाद यादव, विन्दा प्रसाद यादव, श्रीकान्त प्रसाद कुशवाहा, राधानन्द भाइ यदुवंशी, रामश्रवेश प्रसाद यादव, हुलासमन देवी यादव, मधुमाला कुमारी यादव, लालबेबी देवी यादव, पुस्पा देवी यादव, अभय कुशवाहा, सचिन्द्रलाल कर्ण र राधेश्याम प्रसाद यादवसँग छफफल गरी विदार्थीलाई सम्झाइ बुझाई विद्यालय सञ्चालन गर्न पहल गर्ने सल्लाह भएको छ ।
गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले विद्यालय सञ्चालन गर्न पहल गर्ने जिल्ला प्रतिनिधिको भेटको अवसरमा बताउनुभएको छ ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…