शिक्षक सङ्गठनका अध्यक्षमाथि मोर्चा कार्यकर्ताद्वारा दुर्व्यवहार
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रौतहटका जिल्ला अध्यक्ष ४७ वर्षीय मणिशङ्कर निधिलाई ०७३ फागुन २३ गते साँझ मधेशी मोर्चाका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
जिल्ला सदरमुकाम गौरस्थित वीपी चोकबाट मोटरसाइकलमा आफ्नो निवासतर्फगइरहेका निधिलाई मोर्चाका दुई जना कार्यकर्ताले मोटरसाइकल रोकी अनुहार र शरीरमा मोबिल खन्याएर भागेको नेकपा एमालेका जिल्ला सचिव लक्ष्मण रेग्मीले बताए ।
निधि एमालेको मेची महाकाली कार्यक्रमको प्रचार प्रसारको काममा रहेको एमालले जनाएको छ । शिक्षक निधिलाई दुर्व्यवहार गर्ने मोर्चाका कार्यकर्ताको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । शिक्षक निधि नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य समेत हुन् ।
बिपिन गौतम
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…