शिक्षक शिक्षिकाबाट सामूहिक कुटपिट भएको पीडितको आरोप
छथर गाउँपालिका–१ का १६ वर्षीय बालक हिक्मत खड्कालाई विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षिकाले सामूहिक आक्रमण गरेको विषयमा प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडित पक्षले आरोप लगाएको छ ।
छथर गाउँपालिका–२ शुक्रवारेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी खड्कालाई पुस ५ गते प्रार्थना लाइनका क्रममा शौचालय गएको आरोपमा अफिस कोठामा लगेर प्रधानाध्यापक छथर गापा–१२ का ५२ वर्षीय खगेन्द्र न्यौपाने, सोही ठाँउका ४६ वर्षीय शिक्षक दुर्गाप्रसाद खतिवडा र छथर गापा–१ की ३७ वर्षीया शिक्षिक अञ्जना कटुवालले सामूहिक कुटपिट गरेको पीडित विद्यार्थी हिक्मतले बताउनुभयो ।
सामूहिक रूपमा कुटपिट गरेको विषयमा प्रअ न्यौपानेले अफवाह मात्र फैलिएको बताउनुभयो । उहाँले घाइते हुने गरी कुटपिट नगरिएको तर चेतावनी भने दिएको बताउनु भयो ।
विद्यार्थीलाई सामूहिक रूपमा कुटपिट गर्ने विरूद्घ विद्यालयमा अध्ययनरत विद्यार्थीले पुस ६ गते प्रहरी चौकी शुक्रवारेमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडित विद्यार्थीका बाबु जगत खड्काले बताउनुभयो ।
शिक्षकको कुटपिटबाट टाउको र कानमा समस्या भएकाले पुस ७ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरान सुनसरी लगि उपचार गराइरहेको पीडित विद्यार्थीकी सानी आमा मनमाया बस्नेतले बताउनुभयो ।
विद्यार्थी कुटपिट गरेको विषयमा विद्यार्थी र अभिभावक आन्दोलित भएपछि विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकबीच पुस ८ गते समस्या समाधानका लागि छलफल भएपनि छलफल बिना निश्कर्ष टुङ्गिएको स्थानीय पत्रकार प्रकाश लिम्बूले बताउनुभयो ।
यसैबीच पीडित पक्षले पुस ८ गते आरोपित विरूद्घ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो ।
डिएसपी प्रधानले घटनाका विषयमा अनुसन्धान थालिएको र आरोपितहरूलाई प्रहरी कार्यालयमा झिकाएर कारबाही अघि बढाउने बताउनुभयो । अनुसन्धानका क्रममा दोषी देखिए कानुन बमोजिम कारबाही अघि बढाउने डिएसपी प्रधानको भनाइ छ ।
भगिश्वर लिम्बू
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…