शिक्षक कुटपिट घटनाका फरार आरोपित गिरफ्तार
भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल तथा शिक्षक बिरेन्द्र जोशीलाई कुटपिट गरी फरार रहेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१० का २२ वर्षीय नन्दी नाथ, सोही नगरपालिका–१० का १८ वर्षीय दिर्घराज पाण्डेय, १८ वर्षीय करन ओखेडा, १९ वर्षीय आशिष टमट्टा, २० वर्षीय मनिस विष्ट, १९ वर्षीय मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिका–२ का २० वर्षीय दिपक भण्डारीलाई ०८० भदौ १० गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले दिनु भएको किटानी जाहेरीका आधारमा फरार आरोपितहरुलाई गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।
भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीलाई कुटपिट गरेको आरोपमा करन मल्ल, मनिष विष्ट, दिर्घराज पाण्डेय, आषिश टमट्टा, नन्दी नाथ, मनोज तिरुवा, करन ओखेडा र दिपक भण्डारीका विरुद्ध पीडित पक्षले ०८० भदौ ५ गते ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएका थिए ।
कुटपिटबाट टाउँकोमा चोट लागि घाइते हुनु भएका जोशीको महाकालि प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि धनगढीस्थित निसर्ग अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर हर्षबहादुर चन्दले बताउनु भयो ।
सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत बालिकामाथि ०८० साउन ३१ गते शिक्षक जोशीले यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै स्थानीय तथा पीडित पक्षले विद्यालय परिसर भित्रै कुटपिट गरेका थिए ।
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले शिक्षक जोशी विरुद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…