शिक्षक अभावमा पढ्नका लागि पालो कुर्दै विद्यार्थी
केदारस्युँ गाउँपालिका–९ मा रहेको जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका अध्ययन गर्दै आएका भएपनि शिक्षक अभावमा पढ्नका लागि पालो कुर्नु पर्ने बाध्यता छ ।
शिशु कक्षादेखि तीन कक्षासम्म अध्यापन हुने जवा प्राथपिक विद्यालयमा न त खानेपानीको व्यवस्था छ, न कक्षाकोठा नै । भवनको अवस्था जीर्ण छ । विद्यालयको छानाबाट वर्षातमा पानी र हिउँदमा शीत चुहिन्छ । स–साना बालबालिका भुईमा बसेर बढनु पर्ने बाध्यता छ । अधिकांश दलित समुदायका बालबालिका अध्ययन गर्दै आएका यो विद्यालयमा दुई शिक्षिकाले अध्यापन गराउँदै आएका छन् । तीन ओटा मात्रै कोठा रहेको यस विद्यालयमा एउटा कोठामा कार्यालय र अर्का दुई ओटा कोठामा विद्यार्थी राखेर पढाइने गरिएको छ । शिक्षक अभावमा विद्यार्थी पढ्नका लागि पालो कुरेर बस्नु पर्ने बाध्यता छ ।
कक्षा कोठाको अभाव भएपछि दुई ओटा कक्षा एकै ठाउँमा राखेर पढाउने गरिएको छ । कक्षा दुई र तीनका विद्यार्थीसँगै राखेर पढाउँदा केही नबुझिने कक्षा तीनमा अध्ययनरत छात्रा लक्ष्मी कामीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘पाठ्यक्रम फरक फरक रहेका छन् तर पनि दुई कक्षाका विद्यार्थी एउटै कोठामा राखिन्छ । अलग बस्न कोठा पुग्दैन । शिक्षक पनि छैनन् । कतिबेला पढ्न पाइन्छ भनेर पालो कुरेर बस्नुपर्छ ।’
विद्यालयमा कार्यरत शिक्षिका मञ्जु विकले कोठा अभावका कारणले कहिले काही विद्यालय छिट्टै विदा दिने गरेको बताउनु भयो ।
उहाँ भन्नु भयो– ‘एउटै कक्षामा कक्षा दुई र तीनका विद्यार्थी राखेर पढाउँदा गुणस्तरीय शिक्षाको कल्पनै गर्न सकिदैन । एकतर्फ पढाउन खोज्यो अर्कोतर्फका विद्यार्थीले हल्ला गर्छन् । तैपनि सिकाइ प्रभावकारी हुन्छ कि भनेर शैक्षिक सामग्री प्रयोग गरेर गृहकार्य दिएर पढाउँदै आएका छौँ ।’
विद्यालयका प्रधानाध्यापक आशा सिंह शाहीले विद्यालयको अवस्था बारे सम्बन्धीत निकायलाई जानकारी गराइको भए पनि समाधान हुन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘केही समय अघि पालिकाले स्वयम्सेवक शिक्षक उपलब्ध गराएको थियो । तलब कम भएको भन्दै उहाँ विद्यालय छाडेर भारत गएपछि थप समस्या भएको छ । विद्यालयको भौतिक संरचनाका बारेमा हामीले वडाबाट निर्वाचित भएका सबै प्रतिनिधिदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य कर्मचारीहरुलाई समेत पटक पटक जानकारी गराइसकेका छौँ । सुनुवाइ हुनसकेको छैन । काम विशेषले एक शिक्षिका नआउँदा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ ।’
विद्यालयको नाजुक अवस्था देख्दा निक्नै दुःख लाग्ने गरेको स्थानीयहरु बताउँछन् । स्थानीय गेडे कामीले भन्नु भयो, ‘विद्यालयको भवनको माग गरेको वर्षौँ भयो । कसैले पनि हाम्रो आवाज सुनिदिएको छैन । सबै विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउनु परेको छ । चन्दा सङ्कलन गरेर विद्यालयमा केही काम गरौँ भने त्यो पनि सम्भव छैन ।’
केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहरा, उपाध्यक्ष मनिसा धामी र प्रमुख प्रशासकीय अधिकृत पदम उपाध्याय सहितको टोलीले विद्यालयको स्थलगत निरीक्षण गरेको छ ।
तत्काल नै गाउँपालिकाको बजेटबाट विद्यालय भवन निर्माण गर्न सकिने अवस्था नरहेकोले आगमी दिनमा बजेट विनियोजन गर्ने तयारी भइरहेको र शिक्षक पदपुर्तीका लागि प्रक्रिया अगाडी बढाइएकोले केही दिनमै शिक्षकको समस्या समाधान हुने गाउँपालिकाका अध्यक्ष गणेश बोहराले बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…