शिक्षक अभावमा पठनपाठन प्रभावित, विद्यार्थी आन्दोलित !
तीन वर्ष बितिसक्दा समेत विषयगत शिक्षकको व्यवस्था नहुँदा सिगास गाउँपालिका–८ स्थित लेकलुपुँड माध्यमिक विद्यालयका विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । पटक–पटक विषयगत शिक्षकको माग गर्दा समेत शिक्षकको व्यवस्था हुन नसकेको विद्यार्थीहरुको गुनासो छ ।
विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित भएको भए पनि सम्बन्धित निकाय जिम्मेवार नभएको भन्दै ०८१ भदौ १८ गतेदेखि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी समेत गरेका छन् । कक्षा ६ देखि ८ कक्षासम्म पढाउने नेपाली बिषय अध्यापन गराउने शिक्षकको माग गर्दै विद्यार्थीहरुले तालाबन्दी गरेको शिक्षक उत्तमबहादुर कुँवरले बताउनुभयो ।
लेकलुँपुड माविमा कक्षा ६ देखि ८ कक्षासम्म नेपाली बिषय अध्यापन गराउने शिक्षक देवसिंह धामीको २०७८ फागुनमा सिगास गाउँपालिका–२ स्थित रण आधारभूत विद्यालयमा काज सरुवा गरिएको थियो । सोही बेलादेखि विद्यालयमा नेपाली बिषय पढाउने शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको विद्यार्थीहरुको गुनासो छ ।
रिक्त शिक्षक दरबन्दीको माग गरेको तीन वर्ष बितिसक्दा समेत अहिलेसम्म शिक्षकको व्यवस्थापन नगरेकाले आन्दोलनमा उत्रिनुपरेको विद्यार्थी करन धामीले बताउनु भयो । नेपाली बिषय अध्यापन गराउने शिक्षकको व्यवस्था नहुञ्जेलसम्म आन्दोलनका कार्यक्रमहरु जारी राख्ने उहाँको भनाइ छ ।
यसअघि ०८१ भदौ ५ गते पनि विद्यार्थीहरुले विद्यालयमा शिक्षकको माग गर्दै तालाबन्दी गरेका थिए । त्यो दिन शिक्षकको व्यवस्थापन गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको थियो । तर, अझैसम्म पनि विद्यालयमा शिक्षक भर्ना गर्ने प्रक्रिया सुरु भएको छैन् ।
नेपाली बिषय पढाउने शिक्षकको व्यवस्थापन नभएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेको यो दोश्रो पटक हो । विद्यार्थीहरुको तालाबन्दीका कारण शिक्षकहरुले समेत हाजिर गर्न नपाएको शिक्षक कुँवरले बताउनु भयो ।
लेकलुपुँड माविमा दरबन्दी हुँदाहुँदै जबरजस्ती आफूलाई काज सरुवा गरेको भन्दै शिक्षक देवसिंह धामीले विद्यालयमा फर्कन मानेका छैनन् । यदपि उहाँको काज फिर्ता गरिएको छ ।
२०६१ सालदेखि लेकलुपुँड माविमा कार्यरत रहेका शिक्षक धामीले २०६८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हालेका थिए । उहाँले २०७८ माघ महिनामा प्रधानाध्यापकको जिम्मेवारी छोडेका थिए । त्यसको एक महिनापछि उहाँको काज सरुवा गरिएको थियो ।
अपमानित तरीकाले आफूलाई विद्यालयबाट काज सरुवा गरेको र अनिवार्य अवकाश पाउन दुई वर्ष मात्रै बाँकी रहेकाले आफू लेकलुपुँड माविमा जान नसक्ने शिक्षक धामीले बताउनु भयो ।
विद्यालयमा तालाबन्दी गरिएको बिषयमा जानकारी आएको र यो बिषयमा कार्यपालिका बैठकमा छलफल गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताउनु भयो । विद्यालयमा गरिएको तालाबन्दी खोल्न आग्रह गरिएको समेत उहाँको भनाइ छ ।
कक्षा १२ सम्मको पढाई हुने यस विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेपछि पठनपाठन पूर्ण रुपमा प्रभावित भएको छ ।
नरी बड
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…