शिक्षक अभावका कारण पठनपाठनमा समस्या, अभिभावकहरु शुल्क तिर्न बाध्य
भिमदत्त नगरपालिका–१४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभाकारी हुन नसकेको अभिभावक, शिक्षक र विद्यार्थीहरुले गुनासो गर्नुभएको छ ।
२०५६ सालमा स्थापना भएको शान्ति आधारभूत विद्यालयमा बालविकास कक्षादेखि आठ कक्षासम्म पढाइ हुने गर्दछ । विद्यालयमा स्थायी शिक्षक तीन जना, राहत शिक्षक दुई जना र दुई जना निजीस्रोतका शिक्षक मात्रै कार्यरत छन् ।
शिक्षालाई मौलिक हक अन्तर्गत व्यवस्था गरी माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिने भनिएको भए पनि सरकारले विद्यालयमा शिक्षक दरबन्दी पदपूर्ति नगरिदिएका कारण अभिभावकले सहयोग शुल्क भनेर सरकारी विद्यालयमा रकम समेत तिर्न बाध्यभएका छन् ।
कक्षा ६ देखि आठ कक्षासम्म एक जना शिक्षकको मात्रै दरबन्दी रहेको छ । दरबन्दी अनुसारका शिक्षक नहुँदा कक्षा ६ देखि ८ कक्षासम्म एक जना शिक्षकले अध्यापन गराउनु पर्ने, एउटा शिक्षकले धेरै कक्षा लिनु पर्ने‚ तल्लो तहका शिक्षकले माथिल्लो तहका कक्षा पढाउनु पर्ने र बहुकक्षा सञ्चालन गर्नु पर्ने बाध्यताले पठनपाठन प्रभावकारी हुन नसकेको प्रधानाध्यापक उत्तम विष्टले गुनासो गर्नु भयो । शिक्षक अभावका कारण नियमित मुल्याङ्कन, शैक्षिक क्रियाकलाप र शिक्षण सामाग्री तयारी गर्न चुनौती रहेको प्रधानाध्यापक विष्टको भनाइ छ ।
शिक्षक अभावका कारण दुई र तीन कक्षाका विद्यार्थीको एउटा कक्षा र कक्षा चार र पाँचका विद्यार्थीलाई संयुक्त कक्षामा परिणत गरी पठनपाठन गराउनु पर्ने बाध्यताले विद्यार्थीहरुलाई बुझ्न र शिक्षकलाई बुझाउन कठिन हुनेगरेको शिक्षिका शुशिला रेग्मीले बताउनु भयो ।
संयुक्त कक्षा सञ्चालन गर्दा शिक्षण सिकाई निकै कमजोर हुने गरेको शिक्षक जयराज जोशीले बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘दुबै कक्षालाई आधा–आधा समय दिनु पर्ने हुन्छ । आधा समयमा पढाइएको पाठका सबै विषयबस्तुहरुलाई समेट्न सकिन्न् । यसरी पढाउँदा कोर्स पनि पुरा गर्न सकिदैन् । विधार्थीको राम्ररी मुल्याङ्कन पनि गर्न सकिदैन् ।’
दिनभरी एक जना शिक्षकले सबै विषयहरु अध्यापन गराउदा पढाइमा खासै रुचि नहुने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । पर्याप्त शिक्षकहरू नहुँदा पठनपाठन प्रभावित हुने गरेको कक्षा आठका छात्र सुनिल चौधरीले गुनसो गर्नु भयो । चौधरीलगायत अन्य विद्याथीहरुले पनि विषयगत शिक्षक अभावका कारण पढाइ प्रभावित हुने गरेको बताउनु भयो ।
सरकारले शिक्षामा लगानी गरेको भन्दै आए पनि शान्ति आधारभूत विद्यालयमा आवश्यक शिक्षक अभाव हुँदा प्रभावकारी शिक्षण तथा सिकाई हुन नसकेको अभिभावक मदन कुँवरको भनाइ छ ।
शिक्षक अभावका कारण विद्यार्थीले सबै ज्ञान पाउन नसकेको र गृहकार्य दिन र गृहकार्य चेकजाँच गर्न समेत समस्या हुने गरको शिक्षिका सुलोचना उपाध्यायले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर बोहराले शिक्षक पदपूर्तिका लागि सरोकारवाला निकायमा पत्राचार गर्दा पनि सुनुवाई हुन नसक्दा पठनपाठन प्रभावकारी हुन नसकेको बताउनु भयो ।
शिक्षक सेवा आयोगले विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नखोेल्दा धेरैजसो विद्यालयमा दरबन्दी अनुसारका शिक्षकहरु नभएकोले समस्या उत्पन्न भएको र समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको शिक्षा विकास समन्वय एकाई, कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र भट्टले बताउनु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…