शिक्षक अनुपस्थित हुँदा पठनपाठन प्रभावित भएको भन्दै प्रशासनमा उजुरी
सिमकोट गाउँपालिका-७ स्थित कर्णाली मावि चौगानफयामा शिक्षक अनुपस्थित हुँदा एक महिनादेखि पठनपाठन प्रभावित भएको भन्दै अभिभावकले फागुन २९ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा उजुरी दिएका छन् ।
प्राथमिक तहका शिक्षक शिक्षक धनबहादुर परियार फागुन २ गतेदेखि विद्यालयमा उपस्थित नभएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको भन्दै गुनासो सुनुवाइका लागि प्रशासनमा उजुरी दिएको स्थानीय अभिभावक दिवबहादुर सिंहले बताए ।
सो विद्यालयमा प्राथमिक तहमा १ सय ५० जना विद्यार्थीका लागि सातजना शिक्षक कार्यरत छन् । शैक्षिक सत्र सुरू भएको एक महिना भइसक्दा पनि शिक्षकको लापरवाहीले विद्यार्थीको पठनपाठनमा समस्या भएको सिंहको भनाइ छ ।
शिक्षक परियार विद्यालयमा उपस्थित नभएपछि फागुन २९ गते १२ जना अभिभावकको टोली गई उजुरी गरेको स्थानीय जग शाहीले जानकारी दिए ।
शिक्षक परियारलाई कारबाहीको प्रकृया अगाडि बढाउन शिक्षा विकास तथा समन्वय इकाई, कार्यालयमा फागुन २९ गते नै पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।
सो बारेमा शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख वर्षफडेरासँग बुझ्दा शिक्षक परियारलाई झिकाएर उजुरी उपर छलफल गरिने प्रतिक्रिया दिए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…