शिक्षकलाई अमानवीय व्यवहार, घटनाका आरोपित गिरफ्तार
खोटेहाङ गाउँपालिका–६ पञ्चकन्या आधारभूत विद्यालयमा कार्यरत सोही ठाँउका ५० वर्षीय शिक्षक ताकमान राईलाई फागुन २५ गते मोसो र जुत्ताको माला लगाई दिएको आरोपमा प्रहरीले १९ वर्षीय तावेल राईलाई गिरफ्तार गरेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका प्रदेशसभा सदस्य,खोटेहाङ गाँउपालिका-६ का १९ वर्षीय तावेललाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर सागर साहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित आधारभूत विद्यालयमा पुगेर आरोपितले शिक्षकलाई विद्यालयको चौरमा मोसो र जुत्ताको माला लगाई दिएको सूचना प्रहरीले पाएको इन्स्पेक्टर साहले बताउनु भयो ।
विद्यालयमा नियमित हाजिर नहुने, मादक पदार्थ सेवन गरी विद्यालयमा हाजिर हुने गरेका कारण शिक्षकलाई कारबाही गरिएको घटनाका आरोपित तावेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
खोटेहाङ गाउँपालिका अध्यक्ष ५४ वर्षीय प्रदीप राईले शिक्षकमाथि दुर्व्यवहार भएको बताउनु भयो । समूहमा आएकाहरुले शिक्षकमाथि अमानवीय व्यवहार गरेको भएपनि अन्यको पहिचान हुन नसकेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।
राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले शिक्षकमाथि भएको अमानवीय व्यवहार निन्दनीय भएको बताउनु भयो । उहाँले व्यक्तिको मर्यादामाथि आँच आउने गरी भएको घटना मानव अधिकारविपरित भएको बताउनु भयो ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले शिक्षकलाई मानव अधिकार रक्षकको रूपमा परिभाषित गरेको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…