शिक्षकलाई तलव खुवाउँदा विद्यार्थी दिवा खाजाबाट बञ्चित
विद्यार्थीहरूका लागि छुट्याएको दिवा खाजको रकमबाट निजि शिक्षक राख्दा विद्यार्थीहरू दिवा खाजाबाट बञ्चित भएका छन् । जिल्लाका अधिकांश विद्यालयले निजि शिक्षकहरू राखेपछि विद्यार्थीले पाउनुपर्ने दिवा खाजाको रकम पाउनबाट बञ्चित भएको सिमकोट गाउँपालिका–८ का स्थानीय धनलाल शाहीले गुनासो गर्नु भएको छ ।
स्थानीय शाहीका अनुसार सिमकोट गाउँपालिका–८ स्थित कान्ती आधारभूत विद्यालय खोल्सीमा विद्यालयबाट पाउनुपर्ने दिवा खाजा बापतको दैनिक २० रुपियाँ बराबरको नास्ता पाउनु पर्ने हो । तर त्यो रकमबाट विद्यालय व्यवस्थापन समितिले निजि शिक्षक राखेपछि आफ्ना बालबालिका नेपाल सरकारको निति अनुसारको सो रकमबाट प्रभावित हुनु परेको छ ।
अन्य जिल्लाको तुलनामा हुम्ला जिल्लामा २० रुपियाँले एउटा विस्कुट समेत नआउने भएको भएपनि एक वर्षमा ३ जार ६ सय रुपियाँ हुने गर्दछ । त्यो रकम एकै पटक जोडेर दिएको भए विद्यार्थीलाई केही राहत हुन्थ्यो । अर्का स्थानीय रुद्ध सुनारेले गुनासो गर्नु भएको छ ।
देशका अन्य जिल्लामा दैनिक १५ रुपियाँ प्रति विद्यार्थी र साविक कर्णालीका हुम्ला, जुम्ला, मुुगुु, डोल्पा र कालिकोट जिल्लाका लागि दैनिक प्रति विद्यार्थी २० रुपियाँका दरले रकम विद्यालयलाई उपलब्ध हुने गरेको छ । वर्षमा एक जना विद्यार्थीलाई १ सय ८० दिन बराबरको रकम विद्यालयमा आउने गर्छ । यस अघि कक्षा पाँचसम्म मात्र भएपनि सरकारले चालुु वर्षबाट यो कार्यक्रमबाट बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थीलाई दिवा खाजा खुवाउनुु पर्ने गरी बजेट व्यवस्था गरेको छ ।
विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्म सरकारले दिवा खाजा कार्यक्रम लागु गरेको छ । तर, व्यवहारमा अधिकांस विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन् । दिवा खाजाको सट्टा अभिभावकलाई नगद पनि वितरण गर्ने गरिएको छ । सो रकम पनि दुरूपयोग भएको छ । कतिपय विद्यालयमा फर्जी विद्यार्थी तयार पारेर रकम हिनामिना समेत गरिएको छ । बालबालिकाको वृद्धि र विकासका लागि खाना अनिवार्य तत्व हो ।
पोषणयुक्त खाना खाए मात्र स्वस्थ जीवन सुुरु हुन्छ । विद्यालयमा आएका बालबालिकालाई पोषणयुक्त खाजा व्यवस्था गर्न प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीका लागि नेपाल सरकारले बजेटको व्यवस्था लामो समयदेखि गर्दै आएको थियो । तर ०७९ बाट कक्षा ६ लाई पनि दिने कार्यक्रम सरकारले बजेटमा ल्याएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट स्थानीय तहलाई दिवा खाजा कार्यक्रमको रकम ससर्त अनुदानका रूपमा निकासा आउने गरेको छ ।
दिवा खाजा व्यवस्थापनका लागि संघीय, प्रदेश, स्थानीय तह, विद्यालय अभिभावक लगायत सबै पक्षको समन्वय र सहयोग आवश्यक पर्छ । यसका लागि विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ ले प्रतिदिन आवश्यक पोषण युक्त तत्व भएका खानेकुरा व्यवस्था गर्नुपर्ने उल्लेख छ । यसमा क्यालोरी, प्रोटिन, बोसो, आयोडिन, आइरन, जिंक र भिटामिन ए गरी सात प्रकारका पोषणयुक्त तत्वको मात्रा मिलाउनुु पर्ने उल्लेख छ ।
६ किसिमका मेनुु समेत तयार पारेर कुन–कुन अन्न फलफूल, तेल प्रयोग गर्ने र त्यसको कति मात्रा प्रयोग गर्ने भन्ने स्पष्ट व्यवस्था गरिएको छ । पहिले विश्व खाद्य कार्यक्रममा विद्यालयमा काम गरेबापत केही खाने सामग्री उपलब्ध गराउने गरेको थियो । नेपाल सरकारले पनि दिवा खाजा कार्यक्रम लागू गरेको धेरै वर्ष भइसकेको छ । आव ०६५/६६ बाट देशभर यो लागू भएको हो ।
सहयोगी पुस्तिकामा यो कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट व्यवस्था गरिएको हो । जसमा नगद दिन पाइने व्यवस्था कतै गरिएको देखिँदैन । तर, हिमाली जिल्ला हुम्लाका अधिकांश विद्यालयमा कार्यक्रमको लक्ष्य र उद्देश्य विपरीत यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । दिवा खाजा कार्यक्रमले आफ्नो मापदण्ड बनाएर विद्यार्थीलाई खाजा खुवाउनुु पर्ने हुन्छ । जसमा पौष्टिक हिसाबले पनि हरेक क्यालोरी मिलाउनु पर्ने हुन्छ । तर जिल्लाका अधिकांस विद्यालयहरूले विदार्थीलाई सो रकम अनुसारको खाजा नखुवाएर विद्यार्थीको सो दिवा खाजा रकम नीजि शिक्षकलाई तलव खुवाउने चलन रहेको छ ।
सो विषयमा सिमकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यलाई बुझ्दा यो प्रक्रिया शिक्षा ऐन नियमावली विपरित भएको बताउनु भएको छ । उहाँले भन्नु भयो, अव त्यस्तो प्रक्रिया हो भने सम्वन्धित विद्यालयहरूलाई समन्वय गरि यो समस्याको अन्त्य गर्ने बताउनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…