शिक्षकलाई कुटपिट गरेको घटनाका आरोपितलाई कानुनी कारबाहीको माग
सिमकोट गाउँपालिका-६ स्थित मानसरोवर माविका शिक्षकलाई कुटपिट गरेको घटनामा संलग्न आरोपितलाई कानुनी कारबाहीको मागगर्दै उक्त विद्यालयका शिक्षकहरूले भदौ ४ गते प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् ।
अर्धवार्षिक परीक्षा चलिरहेको अवस्थामा उक्त विद्यालयका निरीक्षक ३४ वर्षीय सौगात गौतम कक्षा कोठामा रहेको अवस्थामा भदौ २ गते बिहान १०ः३० बजे सोही विद्यालयको कक्षा १० मा अध्यनरत १७ वर्षीय छात्रा कुञ्जोक राप्सन लामाले कुटपिट गरेको आरोप छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द रावतका अनुसार विद्यालयको पोसाक नलगाई आएका लामाले विद्यालय परिसर भित्र कक्षा कोठामा रहेका शिक्षकलाई कुटपिट गरेका हुन ।
पीडित गौतमको नाकको भित्री भागमा चोट लागेपछि प्राथमिक उपचार जिल्ला अस्पतालमा भयो भने थप उपचारका लागि जिल्ला बाहिर 'रिफर' गरिएको जिल्ला अस्पतालका प्रमुख डा.स्मृति महतले जानकारी दिइन ।
घटनाका सम्बन्धमा भदौ २ गते जिल्ला जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि सुनुवाइ नभएको पीडित पक्षको आरोप छ । स्थानीय प्रशासनले सुनुवाइ नगरेको भन्दै न्यायका लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीको ध्यानाकर्षण गराएको सो विद्यालयका प्रद्यानाध्यापक अमरबहादुर शाहीले बताए ।
प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्माले आरोपित फरार भएकोले गिरफ्तार गर्न नसकिएको बताउँदै आरोपितको खोजी भइरहेको जानकारी दिए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…