शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट
देवानगञ्ज गाउँपालिका-६ राजगञ्जस्थित जनता आधारभूत विद्यालयमा कक्षा सातमा अध्ययनरत १३ वर्षीय बालक आशिष मेहतालाई शिक्षकले मङ्सिर १० गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
देवानगञ्ज गाउँपालिका-६ का ३६ वर्षीय शिक्षक राजकुमार मेहताले गृहकार्य नगरेको र अनुशासन पालना नगरेको आरोपमा ०८१ मङ्सिर १० गते लठ्ठीले पिठ्यूमा निर्घात कुटपिट गरेको पीडितका ४५ वर्षीय बाबु लखन मेहताले बताउनु भयो ।
विद्यार्थीलाई तर्साउन बेञ्चमा लठ्ठीले हिर्काउँदा बालक सरेर लठ्ठीतिर आएकाले चोट लागेको आरोपित शिक्षक राजकुमार मेहताले बताउनु भयो ।
कुटपिटबाट बालकको पिठ्यूमा निलडाम देखिएको छ । बालकको स्थानीय क्लिनिकमा मङ्सिर १० गते उपचार गरिएको बालकका बाबु लखन मेहताले बताउनु भयो ।
घटनाका विषयमा मङ्सिर ११ गते भएको छलफलमा आरोपित शिक्षकले माफी मागेपछि मिलापत्र गरिएको लखन मेहताले बताउनु भयो ।
नेपालको शिक्षा ऐन, २०७६ र बालअधिकार ऐन, २०७५ ले बालबालिकामाथि शारीरिक वा मानसिक दण्ड दिन निषेध गरेको छ ।
बालअधिकार ऐनको दफा ६६ अनुसार, बालबालिकामाथि हिंसा गर्ने व्यक्तिलाई ३ वर्ष सम्मको कैद सजाय वा ३० हजार रुपियाँ जरिबाना, वा दुवै सजाय हुन सक्छ ।
नेपालको संविधान, २०७२ ले बालबालिकाको अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ ।
संविधानको धारा ३९ मा बालबालिकालाई शारीरिक, मानसिक वा यौन शोषणबाट बचाउनुपर्ने प्रावधान राखिएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…