शिक्षकद्वारा रेडियो कर्णाली आवाजको कार्यालय र पत्रकारमाथि आक्रमण
सिमकोट गाउँपालिका-४ स्थित सामुदायिक रेडियो कर्णाली आवाजको कार्यालय रहेको भवनमा जेठ २५ गते राति १० बजे मानसरोवर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले तोडफोड गरेका छन् ।
अत्याधिक मदिरा सेवन गरी आएका शिक्षकहरूले समाचार कक्षमा रहेको कम्प्युटर, प्रिन्टर, टेलिफोन सेट, ल्यापटप र हिटर एक/एक थान तोडफोड गरी क्षति पुर्याएको रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर नवराज महतराले बताए ।
रेडियो कर्णालीमार्फत मनसरोवरका शिक्षकहरूले एसर्इइ मिरर ट्युसन पढाए बापतको रकम नदिएको आरोपमा खार्पुनाथ गाउँपालिका-१ निवासी सो विद्यालयमा कार्यरत शिक्षक ४५ वर्षीय अमरबहादुर शाहीको नेतृत्वमा आएको टोलीले रेडियोमा तोडफोड गरेको हो ।
उक्त रकम शिक्षक गणेशराज गिरीलाई जेठ २५ गते नै भुक्तानी दिइसकेको रेडियोले जनाएको छ । रुपियाँ नदिएको आरोपमा नियोजित ढङ्गले नेपाल पत्रकार माहासङ्घका अध्यक्षमाथि हातपात र रेडियोमा तोडफोड गरेको स्टेशन म्यानेजर महतराले बताए । तोडफोडमा सोही विद्यालयमा कार्यरत शिक्षक पाल्जोर लामा, नेत्रबहादुर शाही, रेशमराज रोकाय, नर बोहोरा र हिर बोहोरा लगायतको संलग्नता रहेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष अर्जुन बोहोराले बताए ।
रेडियोमा तोडफोड पश्चात पत्रकार महासङ्घका जिल्ला अध्यक्ष एवम् रेडियो कर्णाली आवाजका मुख्य प्राविधिक ३७ वर्षीय अर्जुन बोहरालाई शिक्षकहरूले कुटपिट गरेका छन् । 'बसेर कुरा गरौँ, तोडफोड नगर्नुस्' भन्दाभन्दै मदिराले मातिएका नेत्रबहादुर शाहीले ढोकाको ठुलो हत्ताले अध्यक्ष बोहोराको टाउकोमा प्रहार गर्दै कुटपिट गरको पत्रकार महासङ्घका अध्यक्ष बोहोराले बताए । बोहोराको टाउकोमा चोट लागेको छ ।
उक्त घटनामा संलग्न शिक्षकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेपछि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…