शिक्षकद्वारा छात्रामाथि कुटपिट गरेको आरोप
लिखु गाउँपालिका–३ स्थित नर्मदेश्वरमा रहेको भिमसेनस्थान माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ११ वर्षीया छात्रा पार्वती श्रेष्ठलाई शिक्षक दीपक तामाङले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
कक्षाकोठामा होहल्ला गरेको आरोपमा शिक्षक तामाङले पुस १ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटका कारण बालिका अचेत हुँदा घटना बाहिर आएको बालिकाका मामा बोधनारायण श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले कुटपिटका असरले बालिका बेहोस भएकाले तत्कालै स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको बताउनुभयो ।
शिक्षक तामाङले कक्षा सञ्चालन भइरहेको अवस्थामा हल्ला गरेको भन्दै ढाडमा दुई मुक्का हानेको पीडित विद्यार्थी पार्वती श्रेष्ठले बताउनुभयो ।
कक्षा चलिरहेको समयमा अन्य साथीहरू हाँसेपछि आफू हाँसकाले सोही आरोपमा शिक्षकले कुटपिट गरेको पीडितको भनाइ छ ।
शिक्षकको कुटाइपछि आफ्नो छाति दुखेको र आँखा हेर्न समस्या भएको पीडित बालिकाले बताउनुभएको छ ।
आरोपित शिक्षक तामाङले कक्षा सञ्चालका समयमा हल्ला गरेपछि आफूले सामान्य सजाय दिएको स्वीकार गर्नुभएको छ ।
उहाँले विद्यार्थीलाई चेतावनी स्वरूप ढाँडमा सामान्य कुटपिट गरेको बताउनुभयो । छात्रालाई शिक्षकले कुटपिट गरेको आफूलाई जानकारी नभएको प्रधानाध्यापक भिमप्रसाद सुबेदीले प्रतिक्रिया दिनुभयो । शिक्षकले कुटेलगत्तै विद्यार्थी रोएर बेहोस भएकाले विद्यार्थीले नाटक गरेको प्रअ सुबेदीको आरोप छ ।
घटनाबारे विद्यालय व्यवस्थापन समितिले थप बुझ्ने जानकारी दिएको छ । समितिका अध्यक्ष रमेश थापाले विद्यार्थीलाई कुटेको विषयमा आफूलाई विस्तृत जानकारी नभएकाले विद्यालयमा छलफल गराउने बताउनुभयो ।
घटनाबारे उजुरी दिन उहाँले अभिभावकलाई अनुरोध गर्नुभएको पीडितका मामा बोधनारायण श्रेष्ठले बताउनुभयो । प्रहरीले विद्यार्थी कुटिएको विषयमा कुनै उजुरी नआएको जानकारी दिएको छ ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…