शिक्षकद्वारा कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी
इगरब्रिज बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षीय बालकलाई चैत ९ गते कुटपिट गरेको आरोपमा शिक्षक कृष्ण खड्काविरुद्ध पीडितका अभिभावकले चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडित बालकालाई कक्षा कोठामा सोधेको विषय नजानेको भन्दै शारीरिक र मानसिक यातना दिएको भन्दै अभिभावकले प्रहरीमा उजुरी दिएको बताए ।
आरोपितलाई कारवाहीको माग गरी निवदेन परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर कनक शाहीले जानकारी दिनु भयो ।
इन्स्पेक्टर शाहीका अनुसार चैत ११ गते दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर भएको छलफलमा आरोपित शिक्षकले माफी मागेको र अबदेखि यस्तो घटनामा संलग्न नहुने प्रतिबद्धता जनाएपछि मिलापत्र भएको छ ।
आरोपित शिक्षकलाई कारवाही गरेर विद्यालयबाट निकालिएको विद्यालयका संस्थापक कृष्णा भुषालले जानकारी दिनु भयो ।
घटनाका विषयमा इन्सेकसहितको अधिकारकर्मीको टोलीसँग चैत १३ गते संस्थापक भुषालले घटनामा संलग्न शिक्षकलाई निकालिएको र अबका दिनमा यस्तो घटना हुन नदिने प्रतिबद्धता जनाउनु भयो ।
घटनाका विषयमा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयोजक पिताम्बर ढकाल, मानव अधिकार रक्षक सञ्जाल सुर्खेतका संयोजक शर्मिला बिसी, गैरसरकारी संस्था महासङ्घका अशोक राजीसहितको टोलीले विद्यालयका संस्थापक कृष्णा भुषालसँग छलफल गरेको थियो ।
पूर्णबहादुर खड्का
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…