शिक्षकको लापरवाहीले चार महिनादेखि विद्यार्थीको पठनपाठन प्रभावित
नाम्खा गाउँपालिका-६ स्थित तीनवटा विद्यालयमा शिक्षकको लापरवाहीका कारण चार महिनादेखि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
हिमालपारीको गाँउको रूपमा चिनिएको लिमीका तीन वटै विद्यालयमा ०७५ वैशाखदेखि शिक्षकहरू नजाँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको सोही गाउँका स्थानीयबासी रिञ्जिन लामाले आरोप लगाए ।
विद्यालयमा शिक्षकहरू उपस्थित नभएपछि सुनखानी प्रावि, भृकुटी प्रावि र हिमशिखर प्रावि रहेका छन् । ६ जना शिक्षकको दरबन्दी भए पनि हाल भने सुनखानी प्रावि हल्जिमा मात्र एक जना शिक्षकले विद्यालय खोल्ने गरेको भए पनि पठनपाठन नगरेको लामाको आरोप छ ।
विद्यालयको पठनपाठनको अवस्थाका विषयमा नियमित रूपमा नियमनकारी निकायले अनुगमन नगर्दा वर्षौँदेखि लिमीका विद्यालयहरू यो अवस्थाबाट गुज्रँदै आएका हुन् ।
लिमीका विद्यालयहरू मध्ये सुनखानी प्रावि हल्जिका लालबहादुर बुढा र हिमशिखर प्रावि हल्जिका ओमप्रकाश जैसी परीक्षा दिने भन्दै वैशाखमा नै लिमीबाट सदरमुकाम सिमकोट गए लगत्तै जिल्ला बाहिर गएको जानकारी आएको र भृकुटी प्रावि जाङ्का शिक्षक सुरबिर बुढा केही दिन विद्यालयमा उपस्थित भएर घरतिर लागेको वडा अध्यक्ष पाल्जोर लामाले आरोप लगाए ।
विगतका वर्षहरू जस्तै यो वर्षपनि त्यस्तै समस्या भएको अध्यक्ष लामाले बताए । दुई/दुई वटा कोटाको दरबन्दी भएको विद्यालयमा एक/एक जना शिक्षकले ०७४ फागुन र चैत महिनामा अध्यापन गराएपनि ०७५ को वैशाखबाट शिक्षक उपस्थित हुन छोडेपछि तीन वटै विद्यालयका करिव १ सय ५० जना विद्यार्थीहरू पठनपाठन र अर्धवार्षिक परीक्षा दिनबाटसमेत वञ्चित भएको वडा अध्यक्ष लामाको आरोप छ ।
तीन वटै विद्यालयका प्रधानाध्यापक धर्मनन्द लामा, राजबहादुर ऐडी र कर्णजित बुढा प्रधानाध्यापक भए पनि तीनै जना हाल सिमकोटमा बस्दै आएका छन ।
विद्यालयकै आर्थिक कारोवारका लागि सिमकोट आएको र विद्यालयमा फर्कने तयारीमा रहेको भएपनि बुवाको मृत्युको कारण विद्यालय जान नसकेको र अव चाँडै विद्यालयमा हाजिर हुने प्रअ बुढाले बताए ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख वर्षबहादुर फडेराका अनुसार सो विद्यालयमा गर्मी समयमा पनि हिमपात हुने भएकोले शिक्षक बस्न मान्दैनन् र आफूलाई विदामा आएको पनि जानकारी गराउँदैनन् । त्यसैले पनि त्यहाँको अवस्था थाहा हुदैन ।
स्रोत व्यक्ति जयरुद्र ढकाललाई अबको एक हप्तामा पठाउने र त्यो बेलासम्म सो विद्यालयमा शिक्षक नै उपस्थित नभएमा कारबाहीको प्रकृया अघि बढाउने बताए । उनले भने-'आफूले विद्यालयमा जान आग्रह गरे पनि आयोगको परीक्षाको लागि तयारी गर्दैछौँ भनेर जबाफ दिने गरेका छन् ।'
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…