शिक्षकको यातनाका कारण छात्रा बेहोस्, उपचारका लागि अस्पताल भर्ना
शिक्षकको यातनाले भैरव जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत छात्रा सुस्मिता रुचाल बेहोस भएपछि दुई दिनदेखि युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना गरिएको छ ।
जाडो विदाको समयमा दिएको गृहकार्य नगरेको भन्दै शिक्षक चिरञ्जीवि बास्तोलाले कुखुरा बनाएर कारबाही गर्ने क्रममा बेहोस भएपछि पीडित बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो । अहिले पनि उपचार भइरहेको छ ।
माघ १० गते सरले एक घण्टासम्म कुखुरा बनाएको र आफूले केही थाहा नपाएको पीडित बालिकाले बताएकी छन् ।
उपचारको क्रममा छात्रा रुचाललाई आन्द्राकोसमेत समस्या देखिएपछि काठमाडौँ रिफर गर्न लागिएको सुस्मिताका काका सुमित रुचालले जानकारी दिए । शिक्षक बास्तोलाले गृहकार्य नगर्ने अरु विद्यार्थीलाई पनि कुखुरा बनाएर कारबाही गर्ने गरेको अभिभावकहरूले आरोप लगाएका छन् ।
पाल्पाका डिएसपी रमेश पण्डितले यसबारे प्रहरीमा उजुरी नआएको बताए । विद्यालयका प्रधानाध्यापक नारायण कुँवरले भने शिक्षकले सामान्य कारबाही गर्ने क्रममा यो घटना भएको बताए ।
जिल्ला शिक्षा कार्यालय पाल्पाका सहायक जिल्ला शिक्षा अधिकारी रेशमलाल न्यौपानेले जिल्ला शिक्षा कार्यालयमा यसरबारे मौखिक जानकारी आएको र विद्यार्थी सङ्गठनका प्रमुख, विद्यालयका प्रअ र सरोकारवालाको बैठक बसेर आरोपित उपर कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…