शिक्षकको पिटाइबाट विद्यार्थी घाइते
छेडागाड नगरपालिकाका एक शिक्षकले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् । छेडागाड नगरपालिका–११ को बाल मावि झाप्राका शिक्षक पृथीबहादुर सिंहले रजिष्ट्रेशनको विषयलाई लिएर कक्षा ९ मा अध्ययनरत १५ वर्षीय शेरबहादुर बस्नेतलाई मङ्सिर ९ गते कुटपिट गरी रक्ताम्य बनाएका छन् ।
विद्यालयमा खुलेको रजिष्ट्रेशन फर्म भर्ने समयमा विद्यालयमा धेरै दिनसम्म अनुपस्थित रहेको विषयलाई लिएर विद्यालयका प्रधानध्यापक सिंहले कक्षा ९ का छात्र बस्नेतको नाकमा प्रहार गर्दा नाकबाट रगत बगेको थियो ।
पीडित बालकले छेडागाड नगरपालिका–५ बडाबनमा रहेको प्रहरी चौकीमा शिक्षक सिंहविरूद्घ उजुरी सोही दिन दिएका थिए ।
तर, शिक्षक सिंहले परिवारसँगको छलफल पछि मिलापत्र गरिएको छ । शिक्षक सिंहले भने विद्यालयमा खुलेको रजिष्ट्रेशनका लागी हाजिरीको रेकर्ड हेर्दा उपस्थित कम भएकाले फारम भर्न हुन्न भन्दा झर्केकाले एक झापड हानेको स्वीकारेका छन् ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…