शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

  ०८१ असार १७ गते

बेसीशहर स्थित युनिभर्सल एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने १२ बर्षीय बालक शिक्षकको कुटाइबाट घाइते भएका छन् ।

विद्यालयका विज्ञान विषयका शिक्षक अर्जुन अधिकारीले बोर्डिङको होस्टेलमा पढ्दै गरेको अवस्थामा बालकलाई असार १६ गते साँझ एक्कासी कुटेको बालकका अभिभावकले बताउनुभएको छ ।

शिक्षकको कुटाइबाट बालकको देब्रे कानमा गम्भिर चोट लागेको छ भने, ढाडमा समेत चोट देखिएको छ । शिक्षकको कुटाइबाट घाइते भएका बालकलाई अभिभावकले सुरुमा लमजुङ मोडेल हस्पिटल लगेकामा मोडेलबाट तत्कालै लमजुङ अस्पतालको इमरजेन्सीमा उपचारका लागी रिफर गरिएको थियो । बालकको अहिले सोही अस्पतालमै उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सुमित्रा भुजेल