शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएको भन्दै उजुरी
म्याङलुङ नपा–५ का ११ वर्षीय बालक प्रभात बराल आपूm पढ्ने विद्यालयका शिक्षकको कुटाइबाट घाइते भएको भन्दै विद्यालय प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुस ६ गते उजुरी परेको छ ।
सिंहबाहिनी माविको कक्षा ७ मा अध्ययनरत बराललाई सोही विद्यालयका शिक्षक अनिश राईले मङ्सिर ३० गते कक्षा कोठामा कुटपिट गरि घाइते बनाएको प्रभातका बुबा प्रकाश बरालले बताउनु भयो ।
घाइते बालकको उपचार जिल्ला अस्पतालमा पुस १ गते गरिएको छ । बरालको दाहिने कानको जालीमा समस्या भएको पीडित पक्षले जनाएको छ ।
पीडित विद्यार्थीका आफन्तले आरोपित शिक्षकलाई कडा कारबाही गर्नु पर्ने माग गर्दै उजुरी दिएका हुन् ।
भगिश्वर लिम्बु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…