शिक्षकको कुटपिटबाट बालिका घाइते भएको आरोप
पालुङटार नगरपालिका– १० स्थित मिरकोट माविमा कक्षा ९ मा अध्ययनरत एक बालिका शिक्षक रामहरी ढकालको कुटाइबाट घाइते हुनुभएको छ ।
विद्यालयका विज्ञान शिक्षक रामहरी ढकालले माघ २२ गते कक्षामा सोधेको कुरा नजान्दा कुटाइबाट बालिकाको हातमा चोट लागेको थियो । दिनभर ठिकै भएपनि बेलुकी दुखाइ बढेपछि उपचार गराउँदा हातमा नसा च्यापिएको उपचारमा संलग्न डाक्टरले बताएको विद्यालयका प्रध्यानाध्यापक भुवन अधिकारीले बताउनुभयो ।
‘हात भाँचिएको होइन, सामान्य नसा च्यापिएको रहेछ,’ डाक्टरले प्लास्टर गरे चाँडो सञ्चो हुन्छ भनेपछि हातमा प्लास्टर भएको छ’ अधिकारीले बताउनुभयो ।
पीडित बालिकाको माघ २३ गते गोरखा अस्पतालमा उपचार भएको छ ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…