शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

  ०८१ माघ ९ गते

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको कान फुटेको हो ।

Photo22012025Dang1

माघ ८ गते विहान विद्यालय पुग्नुभएका खड्कालाई गेटमै रोकेर दुई दिन विद्यालय नआएको भन्दै निर्घात कुटपिट गर्दा विद्यार्थी खड्काको देब्रे कानको जाली फुटेको पीडित बालकका बुबा गोविन्द खड्काले बताउनु भयो । हात र लाठीले प्रहार गर्दा खुट्टा र शरीरका अन्य भागमा पनि गम्भीर चोट लागेको पीडितले बताउनु भयो । बालकको स्वास्थ्य उपचार माघ ८ गते खिम नरेश मेमोरियल बुढाथोकी इएनटी एण्ड डेन्टल केयर सेन्टर घोराहीमा र माघ ९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भयो । दुवै अस्पतालले बाललको देब्रे कानको जाली फुटेको र नशा समेत चुडिएको रिपोर्ट दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक गणेश कोइरालाले नियतवश नहानिएको र सचेत गराउन खोज्दा घटना भएको उल्लेख गर्दै कानको उपचार विद्यालयले गर्ने बताउनु भयो । उपचारका लागि घोराही आएका पीडित खड्काले घर फर्किएर प्रहरीमा उजुरी गर्ने जनाउनुभयो ।

Photo22012025Dang


जयनारायण पुन