शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, प्रहरीमा उजुरी
जहदा गाउँपालिका-२ डंग्राहामझारे, ग्रामबाबा टोलका आठ वर्षीय बालक सत्यमकुमार साह शिक्षकको कुटपिटबाट घाइते हुनु भएको छ ।
जहदा गाउँपालिका-२ स्थित चन्द्रसूर्य वोर्डिङ स्कुलमा पढ्दै गरेका बालकलाई सोही विद्यालयका २६ वर्षीय शिक्षक राजन साहले भदौ १० गते लाठ्ठीले टाउकामा हिर्काएर घाइते बनाएको पीडित पक्षको आरोप छ ।
जहदा गाउँपालिका-२ हात्तीबन्द घर भएका शिक्षकले छोराको लाठ्ठीले हिर्काएर टाउको फुटाइ दिएको बालकका बाबु श्यामप्रित साहले बताउनु भयो ।
विद्यालयबाट ०८१ भदौ १० गते छोरो घर आउँदा टाउकोभरि रगत देखिएको र सोधपुछ गर्दा शिक्षक साहले लाठीले टाउकामा हिर्काएर टाउको फुटाइदिएको बताएपछि घटना सार्वजनिक भएको बाबु श्यामप्रित साहले बताउनु भयो ।
यसअघि पनि शिक्षक साहले विद्यार्थीलाई टाउकामा हिर्काउने, गोडा भाँचिदिएको बालकका बाबु श्यामप्रित साहले बताउनु भयो ।
घटनाका आरोपितविरूद्ध पीडित पक्षले भदौ १० गते प्रहरी चौकी, मझारेमा उजुरी दिएको छ ।
विद्यार्थी कुटपिट गरेको आरोपमा विद्यालयका शिक्षकलाई अभिभावकले आक्रमणको प्रयास गरेको भन्दै विद्यालयका प्रिन्सिपल सन्तोषकुमार साहले शिक्षकको ज्यानको सुरक्षाको माग गर्दै भदौ १० गते प्रहरी चौकी, मझारेमा उजुरी दिनु भएको छ ।
घाइते बालकको भदौ १० गते स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
दुवै पक्षबिच प्रहरीमा उजुरी परेपछि घटनाका विषयमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
नेपालको संविधानले धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको छ ।
सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि उल्लेख गरिएको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…