शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएको पीडित पक्षको आरोप

हुप्सेकोट गाउँपालिका-४ झ्यालबासको अर्पण बोर्डिङ्ग स्कुलमा अध्ययनरत सात वर्षीय छात्र विपसन पाण्डे शिक्षकको कुटपिटबाट घाइते भएको पीडित पक्षले बताएका छन् ।

साउन २० गते गृहकार्य नगरेको आरोपमा विद्यालयका शिक्षक सचिन मल्लको कुटपिटबाट बालकको शरीरका विभिन्न स्थानमा निलडाम बसेको मामा विश्व काफ्लेले बताए ।

पीडित पक्षले साउन २१ गते इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेलाई सो घटनाका बारेमा जानकारी गराएका थिए ।

सो पश्चात् इन्सेक जिल्ला प्रतिनिधि डुम्रेले बोर्डिङ्गका प्रिन्सिपल प्रेम थापासँग सम्पर्क गरी घटनाको बारेमा ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण गराए पश्चात् विद्यालयका प्रधानाध्यापक प्रेम थापाले पीडित पक्षसँग घटनाको विषयको सम्बन्धमा छलफल गरी दोषी शिक्षक उपर आवश्यक कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।


तिर्थराज डुम्रे