शिक्षकको अभावमा विद्यार्थीको पढाइ प्रभावित
जिल्लाको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
२०५० सालमा स्थापना भएको रौलेश्वर-८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजना शिक्षकको मात्रै दरबन्दी भएकाले यहाँका विद्यार्थीको पढाइ प्रभावित भएको हो ।
पहिले निजी श्रोतबाट शिक्षक भर्ना गरिएको भएपनि अहिले आर्थिक अभावमा निजी स्रोतबाट काम गर्ने शिक्षक राख्न नसकिएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर मडैले बताए ।
'विद्यालयसँग आर्थिक स्रोत छैन ।'-उनले भने-'निजी स्रोतबाट राखेको एकजना शिक्षकलाई समेत तलब भत्ता खुवाउन सकिएको छैन ।' कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा १ सय ८ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा शिक्षकको अभाव हुँदा विद्यार्थीको पढाइ कमजोर बन्दै गएको प्रति स्थानीय अभिभावक धर्मसिंह मडैले गुनासो गरे ।
उक्त विद्यालयमा दुई जना शिक्षकले पाँच ओटा कक्षा सञ्चालन गर्नु परिरहेको र कुनै शिक्षक अनुपस्थित भएमा एक जनाले कक्षा ५ सम्म अध्यापन गर्नुपर्ने बाध्यता रहिआएको रौलेश्वर पूर्व विद्यार्थी समाजका अध्यक्ष रिजन मडैले बताए ।
शिक्षा ऐन-२०२८ को आठौँ संशोधन अनुसार नयाँ ऐन आइसकेको र नियमावली आउन लागेकोले रिक्त दरबन्दी भए दरबन्दी मिलान गर्न सकिने तर थप दरबन्दी भने तत्काल दिन नसकिने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिए ।
नरी बडु
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…
गालीगलौज घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अदानचुली गाउँपालिका–२ का ३१ वर्षीय कुलबहादुर कटुवाल, २८ वर्षीय कमल नेपाली र ३५ वर्षीया लक्ष्मी भियालले अदानचुली गाउँपालिका–४ का लौठीका ४० वर्षीय नरप्रसाद सञ्ज्यालविरुद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।…