शारीरिक सम्बन्धको प्रस्ताव अस्वीकार गरेपछि बृद्धाको हत्या

शारीरिक सम्बन्धको प्रस्ताव नमानेपछि चन्द्रकोट गाउँपालिका-४ का ४२ वर्षीय गोकुल सार्कीलाई सोही ठाउँकी ६९ वर्षीया बृद्धाको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित सार्कीले साउन ४ गते बृद्धालाई शारीरिक सम्बन्धको प्रस्ताव राख्दा नमानेपछि हत्या गरेको आरोपमा प्रहरीले साउन ५ गते गिरफ्तार गरेको हो । सार्कीले मदिरा सेवन गरेको समयमा बृद्धाको हत्या गरेको प्रहरीको भनाइ छ ।

मृतकको कञ्चट र छातीमा मुक्का प्रहार गरी आरोपितले हत्या गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका एसपी अनुराग कुमार द्विवेदीले जानकारी दिए ।

आरोपित सार्कीलाई गिरफ्तार गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको एसपी द्विवेदीले जानकारी दिए ।

मृतकको शवको साउन ६ गते जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।


टोपलाल अर्याल