शारिरीक अपाङ्गता तथा मनोसामाजिक समस्या भएका बालकको उद्दारका लागि इन्सेकको पहल
शारिरीक तथा मनोसामाजिक समस्या भएका फिदिम नगरपालिका–८ का ११ वर्षीय बालक किरण मगरको उद्दारका लागि इन्सेकले पहल सुरू गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेपछि परिवारले खोरमा राखेर हेरविचार गर्दै आएका बालकको असार २६ गते इन्सेक प्रतिनिधिले अनुगमन गरी उद्दारको पहल गर्नु भएको छ । बालकको अवस्था बुझेपछि इन्सेक प्रतिनिधिले असार २७ गते बालकको उद्दार, संरक्षण र उपचारका लागि असार २७ गते बालबालिकाको क्षेत्रमा क्रियाशील संस्थामा निवेदन दिनु भएको छ ।
बालकको उद्दार, उपचार र संरक्षणका लागि इन्सेक पाँचथर प्रतिनिधि मङ्गल वेघाले मानव अधिकार मञ्च इलाममा असार २७ गते निवेदन दिएको मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताउनु भयो । इन्सेकले बालकको उद्दारका लागि राष्ट्रिय बाल अधिकार परिषद, बाल हेल्प लाईन १०९८ मा पनि निवेदन दिएको छ ।
शारिरीक अपाङ्गता भएका छोरामा मनोसामाजिक समस्यासहित हिड्डुलमा समस्या भएको, वाक् क्षमता नभएको, शौच गरेको वा नगरेको जस्ता समस्या देखिएपछि उपचार गराए पनि उपचार सफल नभएको बाबु सन्देश मगरले बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका कारण सुविधा सम्पन्न अस्पतालमा लगेर छोराको उपचार गर्न नसकिएको बाबु सन्देशले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । उहाँले उपचार खर्च अभाव भएपछि छोरालाई खोरमा थुनेर राखिएको बताउनु भयो ।
नेपालको संविधान २०७२ ले धारा ३९ मा बालबालिकाको हक सम्बन्धी हकलाई मौलिक हकको व्यवस्था गरेको छ । सोही धाराको उपधारा ८ मा प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ भन्ने उल्लेख छ । असहाय, अनाथ, अपाङ्गता भएका, द्घन्द्घपीडित, विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक उपधारा ९ मा व्यवस्था गरिएको छ ।
मङ्गल वेघा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…