शान्ति सुरक्षा तथा क्षतिपूर्तिको लागि उजुरी
औरही नगरपालिका-२ का ३५ वर्षीय पत्रकार धर्वेन्द्र यादवमाथि ०८१ वैशाख १९ गते भएकाे हातपात तथा ढुङ्गा प्रहारका विरुद्ध पीडित पत्रकार यादवले जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालयमा वैशाख २० गते शान्ति सुरक्षा तथा क्षतिपूर्तिको लागि उजुरी दिनु भएको छ।
मिटर व्याजी संघर्ष समितिको कार्यक्रमकाे फाेटाे तथा समाचार सङ्कलन गर्न वैशाख १९ गते औरही पुगेका शिरीष न्युज डटकम महोत्तरी जिल्ला ब्युरो प्रमुख तथा खबर दर्पण दैनिकका उपसम्पादक यादवकाे माेबाइल तथा क्यामेरा ताेडफोड गर्नुका साथै मिटर व्याजी साहुकारहरुले ढुङ्गा समेत प्रहार गरेकाे भन्दै पीडित यादवले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा तथा क्षतिपूर्तिको लागि उजुरी दिएकाे बताउनु भयाे ।
घटना बारे जानकारी पाए लगत्तै घटनास्थल पुगेका पत्रकार रञ्जन भण्डारीको समेत मोबाईल खोस्ने प्रयास साहुकारहरुले गरेकाे पत्रकार भण्डारीले बताउनु भयाे ।
प्रेस स्वतन्त्रता विरोधी कार्यको घोर निन्दा र भत्सर्ना गर्दै घटनामा संलग्न आराेपितहरुकाे पहिचान गरी कानुनकाे दायरामा ल्याउन र पत्रकारको शान्ति सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग जोडदार माग रहेको पत्रकार भणडारीले बताउनु भयाे ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…