शान्ति सुरक्षामा खटिनु पर्ने सुरक्षाकर्मीको त्रिपाल मुनी बास

  ०७९ चैत २ गते

सबै जिल्लामा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना गर्ने निर्णय २०७५ सालमा मन्त्रिपरिषद्ले गरेपछि दोलखामा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना गरिएको थियो । तर सशस्त्र प्रहरी बल आएको लामो समय बितिसक्दा पनि जग्गा अभावमा त्रिपालमुनि बसेर प्रहरीले सुरक्षा दिँदै आएका छन् ।

सरोकारवाला निकायको बेवास्ताका कारण जग्गा व्यवस्थापन हुन नसक्दा सशस्त्र प्रहरी गुल्मले जिल्ला सदरमुकाम चिरकोटको सहकारी डिभिजन कार्यालयको साँघुरो भवनमा बसेर सेवा दिँदै आएको छ । विशेष गरी सीमा सुरक्षाविपत् व्यवस्थापनशान्तिसुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा पुर्‍याउने निर्णयपछि दोलखामा पनि सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो ।

भीमेश्वर नगरपालिका-३ चरिकोटस्थित सदरमुकाम मै एउटा गुल्म सानो कार्यालयभित्र खडा भएको सशस्श प्रहरी बलको कार्यलयमा दरबन्दि अनुसारको भौतिक संरचना नहुँदा कार्यालय परिसरमा टेन्ट (त्रिपाल) टाँगेर बस्नुपर्ने बाध्यता रहेको गुल्मले जनाएको छ । 

जनताको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले दोलखामा जग्गा नपाउँदा भवन बनाउन नसकेपछि गुल्ममा कार्यरत प्रहरी त्रिपालभित्र रात काटेर बस्न बाध्य भएको नम्बर १८ गुल्म हेडक्वाटर दोलखाका प्रमुख डीएसपी सुरज कार्कीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रको नाममा रहेको सात रोपनी जग्गामध्ये पाँच रोपनी जग्गा व्यवस्थापनका लागि आवश्यक प्रक्रियासहितको फाइल भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेको भन्दै डीएसपी कार्कीले मन्त्रालयबाट कुनै जवाफ नआएको बताउनुभयो । डीएसपी कार्कीले भन्नुभयो, “त्रिपाल पनि पुरानो भइसकेबर्खायाममा त्रिपालभित्र पानी छिर्छ । हिउँदमा चिसोबर्खामा झरीको चिन्ता लाग्छ ।”

जग्गा व्यवस्थापन हुन नसक्दा गुल्ममा आवश्यक रहने जवानसमेत पूर्ण रूपमा परिचालन गर्न नसकिएको कार्यालयले जनाएको छ । पुरानो भवन मर्मत गर्नसमेत बजेट नभएकाले सामान्य मर्मत गर्न पनि समस्या भएको डीएसपीले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा प्राप्त हुन नसक्दा गुल्म व्यवस्थापन भएनगुल्ममा आवश्यक १ सय ६० जना सशस्त्र प्रहरीमध्ये ५० जना कार्यालय परिसरमा पाल टाँगेर बस्दै आएका छन् ।”

शान्ति सुरक्षामा खटिने सशस्त्र प्रहरीहरू पालमुनि बस्नुपर्ने समस्या अन्त्य गर्न जग्गा व्यवस्थापनका लागि विभिन्न स्थानमा पहल भए पनि हालसम्म सार्थकता पाउन नसक्दा समस्या ज्युँका त्युँ रहेको डीएसपी कार्कीको भनाइ छ ।    

Photo_079-12-2_Dolakha


उद्धब पोखरेल