शान्ति प्रक्रिया र संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकताः प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसदलाई सम्बोधन गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
दोस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपल्ट संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । त्यसका साथै उनले भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने, सुशासन र सामाजिक न्याय कायम गर्ने, भौतिक पूर्वाधारको निर्माणलाई तीव्रता दिने, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा नागरिकको पहुँच बढाउने, रोजगारी सिर्जना गर्ने र गरिवी निवारण गर्ने सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले भूकम्प पीडितलाई ८ लाख रुपियाँसम्मको अनुदान उपलव्ध गराउने बताएका छन् । उनले पहिलो किस्ता राहत वितरण गर्ने कार्यले तीव्रता लिएको र हालसम्म ३ लाख १९ हजारले राहत पाएको उल्लेख गर्दै भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज उपलब्ध गराउने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले मूल्यवृद्धि, कालोबजारी, अभाव र ठगीबजार, दैनिक उपाभोग्य वस्तुमा मिसावट गर्नेलाई दण्ड सजाय दिने काम सुरु गरिएको बताएका छन् । उनले उपभोक्ताहरू अन्यायमा पर्दा सुनुवाइ गर्ने संयन्त्र नभएको भन्दै सात ओटै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने बताए ।
प्रधानमन्त्री दाहालले देशका दुर्गम स्थानहरूमा समेत खाद्यान्न, नुन, तेल, चिनी, दाललगायतका अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई सहज तुल्याउन सरकारी र निजी क्षेत्रको संलग्नतामा अत्यावश्यक वस्तुको मौज्दात राखी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था गरिने बताएका छन् ।
प्रधामन्त्री दाहालले संविधान कार्यान्वयन नै सरकारको पहिलो प्राथमिकता भएको बताउँदै मधेसी, थारुलगायतका आन्दोलनरत पक्षसँग असमझदारीको दुरी घटेर समझदारी बढेको जनाए । उनले सबै पक्षको माग सम्बोधनका लागि उदार भएर सहमती खोज्न ढिला गर्न नहुने भन्दै असोज मसान्तभित्र सीमाङ्कनको टुङ्गो लगाउन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्न निर्वाचन र अन्य कामका लागि आवश्यक कानुनहरू निर्माण भइरहेको बताएका छन् । उनले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण गर्ने कामलाई सहमतिकै माध्यमबाट सम्बोधन गरी असोज मसान्तभित्र स्थानीय तहको सङ्ख्या र सीमाङ्कनको विषय टुङ्गो लगाउन सरकारको प्रयत्न रहने बताए ।
उनले २०७४ माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयन तथा सङ्घीयतालाई संस्थागत एवम् सुदृढ गर्नुपर्ने भन्दै राजनीतिक लाभहानी नहेरी निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सबै पक्षलाई आह्वानसमेत गरेका छन् ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…