'शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन प्रयासरत छु'-मन्त्री यादव
शान्ति तथा पुनर्निर्माण मन्त्री सितादेवी यादवले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन आफू प्रयासरत रहेको बताएकी छन् । कात्तिक २८ गते पोखरामा आयोजित अर्न्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले आफ्नो कार्यकाल भित्र ७५ ओटै जिल्लामा पुगी द्वन्द्वपीडित परिवारलाई भेटेर उनीहरूका समस्या समाधान गर्न लागिपर्ने योजना सुनाइन् ।
मन्त्री यादवले राहत वितरणका क्रममा छुटेका द्वन्द्वपीडित परिवारलाई वितरण गर्न बाँकी रहेको रकम तुरुन्तै वितरण गर्ने समेत बताइन् ।
उनले द्वन्द्वका क्रममा मानसिक रूपमा विक्षिप्त, विस्थापित, बेपत्ता तथा मृतक परिवारलाई राहत दिन ऐन परिवर्तनको आवश्यकता भए सोका लागिसमेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले कास्की जिल्लामा राहत वितरणका क्रममा छुटेका द्वन्द्वपीडित परिवारबारे बुझेर मन्त्रालयमा विवरण पठाउने बताए ।
अन्तर्क्रिया कार्यक्रममा स्थानीय शान्ति समिति कास्कीका सचिवालय सदस्य खगराज आर्चायले ०६७ सालमा स्थापित स्थानीय शान्ति समिति कास्कीले द्वन्द्वपीडितका परिवारसँग नियमित भेटघाट गरिएको बताए ।
अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्थानीय शान्ति समितिकी सदस्य शान्ति पौडेलले सरकारले गठन गरेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगहरूले द्वन्द्वकालिन मुद्दाहरूको अनुसन्धान चाँडो गरेर न्याय दिलाओस भन्ने पीडितको इच्छा रहेको बताइन् ।
इन्सेक पश्चमाञ्चल क्षेत्रीय कार्यलय पोखरा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…