शान्तिपूर्ण एवम् उत्साहजनकरूपमा उम्मेदवारी दर्ता गराउन आयोगको आह्वान
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीतर्फो उम्मेदवारीको मनोनयन दर्ता शान्तिपूर्ण एवम् उत्साहजनकरूपमा गर्न आह्वान गरेको छ ।
दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरूमा कात्तिक १६ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन आयोगले कातिक १५ गते आयोगको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवारीको सम्पुर्ण तयारी पूरा भएको बताउँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यस्तो आह्वान गरेका हुन् ।
नेपालको संविधानको सफल कार्यान्वयन गर्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन एकै पटक मङ्सिर १० र २१ गते गरी दुई चरणमा गरिँदैछ । ४५ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने कार्यक्रम तालिका छ ।
कात्तिक १६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आ-आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका गराउन सकिने व्यवस्था आयोगले गरेको छ । निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाउँदै यादवले सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीहरूलाई मनोनयन दर्ता कार्यक्रमलाई व्यवस्थित, मर्यादित र भयरहित ढङ्गले अघि बढाउन समयमै आवश्यक पहल गर्न आग्रह गरेको छ ।
निर्वाचनका लागि आवश्यक सामग्री आयोगमा प्राप्त हुने क्रम जारी रहेको र मतदाता नामावली छपाई कार्य सम्पन्न भइसकेको आयोगले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको १ करोड ७४ लाख मतपत्र छपाई गर्ने काम सम्पन्न भएको आयोगले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्र छपाइ गर्ने कार्य सुरू भइसकेको पनि जनाइएको छ । आयोगले प्रतिनिधि सभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिन्ह भएको मतपत्र र प्रदेश सभाका लागि कालो रङमा निर्वाचन चिन्हहरू रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको छ । कात्तिक २० गतेसम्म पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सम्पुर्ण मतपत्र छपाई गरी सम्बन्धित जिल्लामा पठाउने कार्य योजना अनुसार तीव्र गतिमा काम भइरहेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताए ।
यसैगरी आयोगले भदौ १४ गतेदेखि लागू भएको निर्वाचन साचारसंहिताको सबै पक्षबाट पूर्ण पालना हुने विश्वास व्यक्त गरेको छ । कहीँ कतैबाट आचारसंहिता उल्लङ्घन भएमा आवश्यक कारबाही गर्न ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई आवश्यक निर्देशन दिइसकेको डा. यादवले बताए ।
सुभाष साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते यौन…
रास्वपाका कार्यकर्ताद्वारा पत्रकार कुटपिट, पत्रकार सम्बद्ध संस्थाद्वारा विरोध
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधमा उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार सङ्कलन गर्न पुगेका नेपाल पत्रकार महासङ्घका सदस्य तथा…
अदालत परिसरबाट एक बन्दी फरार, खोजी कार्य जारी
नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का ३६ वर्षीय बुद्धि भनिने अमरबहादुर लामा दिउँसो साढे १२ बजेतिर कारागारबाट भागेको कारागार प्रशासनले जनाएको छ । लामा रसुवा जिल्ला अदालतमा तारेख लिन जाने क्रममा…
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै !
बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै गएको पाइएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना,…