शान्तिपुर्ण ढङ्गबाट मनोनयन दर्ता
साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्ष पदमा हुने निर्वाचनका लागि चार उम्मेदवारले शान्तिपूर्ण ढङ्गबाट मनोनयनपत्र दर्ता गराएका छन् ।
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २७ गते नेकपाका तर्फबाट शिवकला राई, नेपाली कांग्रेसका तर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीका तर्फबाट रमेश राई र राप्रपाका तर्फबाट इन्द्रबहादुर खड्काले मनोनयनपत्र दर्ता गराएका छन् ।
तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत वैशाख ९ गते मृत्यु भएपछि उपनिर्वाचनमार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले वताए ।
नेकपाले स्वयम स्वर्गीय मणीकुमारकी पत्नी शिवकलालाई उम्मेदवार बनाएको छ । खदिमाबाट नारा जुलुस लगाउँदै उनीहरूले साकेला गाउँपालिकाको केन्द्रमा रहेको मात्तिम मानेभञ्ज्याङमा स्थापना गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
रामधन राई
सम्बन्धित समाचारहरू
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट भागेका बालकहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट भागेका दुई जना बालकलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते भागेका दुई जना बालक…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…